सन्दिप लामिछानेले अफगानी बलर राशिद खानको रेकर्ड तोड्दै राखे विश्व क्रितिमानी रेकर्ड

Posted on: 21 Apr, 2023

वैशाख ८, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछाने नयाँ विश्व रेकर्ड बनाएका छन् । उनले एक दिवसीय क्रिकेट अन्तर्गत सबैभन्दा कम खेलमा १०० विकेट लिने खेलाडीको रुपमा विश्व रेकर्ड बनाएका हुन् । 

सन्दीपले ४२ खेलबाट १०० विकेट लिदै विश्व क्रितिमानी रेकर्ड स्थापित गरेका हुन् । सन्दिपले एक दिवसीय क्रिकेटमा सबैभन्दा कम खेलमा १०० विकेट लिने खेलाडी बनेका छन् । सन्दीपले ओमानका अदिल शफिक लाई आउट गर्दै ऐतिहासिक उपलब्धि हात पारे ।


यो समाचार तयार पार्दै गर्दा ओमान विरुद्धको जारी खेलमा सन्दिप लामिछानेले आफ्नो पहिलो ओभरको खेलमै २ विकेट लिएका छन् । भने दोश्रो ओभरको आफ्नो खेलमा १ विकेट लिदै ३ विकेट लिईसकेका छन् । उनले ४२ एकदिवसीय खेलमा १०२ विकेट लिईसकेका छन् । यस अघि एक दिवसिय खेलमा सर्वाधिक विकेट लिनेमा अफगानिस्तानका बलर राशिद खान रहेका थिए । राशिदले ४४ खेलमा १०० विकेट लिएर रेकर्ड राखेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!