एसीसी प्रिमियर लिग: नेपालविरुद्ध ओमानको २७ ओभरमा १११ रन

Posted on: 21 Apr, 2023

वैशाख ८, काठमाडौँ । एसीसी प्रिमियर लिग अन्तर्गत नेपालसँगको खेलमा जवाफी ब्याटिङ गरिरहेको ओमानले एक सय ११ रन जोडेको छ ।

नेपालले दिएको ३११ रनको विशाल लक्ष्य पछ्र्याइरहेको ओमानले २७ ओभरमा पाँच विकेट गुमाएर एक सय ११ रन बनाएर खेलिरहेको छ ।

ओमानको क्रिजमा रहेका सन्दीप गोउड् ६ तथा म्होमद नादिमले १७ रन बनाएर खेलिरहेका छन् ।

नेपालका सन्दीप लामिछानेले ३ तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!