२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कुशल मल्लले एकै इनिङमा बनाए छिटो शतक बनाउने सहित चार राष्ट्रिय कीर्तिमान

२०८०, ८ बैशाख शुक्रबार १०:१८

वैशाख ८, काठमाडौँ । नेपालका बाँया हाते ब्याटर कुशल मल्लले जारी एसीसी प्रिमियर कपमा ओमानविरुद्ध किर्तिमानी शतक प्रहार गरे ।

२०.३ ओभरमा ७२ रन बनाउँदा नेपालले ४ विकेट गुमाइसकेको थियो । पाचौं विकेटका रुपमा क्रिजमा प्रवेश गरेका कुशलले हार्ड हिटिङको नमूना देखाए । उनलाई २२१ रनको स्थितिमा पुर्याएर व्यक्तिगत १०८ रन बनाउँदै आउट भएका थिए ।

ओमानविरुद्ध शतक प्रहार गर्दा कुशलले एकै इनिङमा चार राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनी नेपालका लागि एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने नेपाली खेलाडी बने । यसअघि सर्वाधिक छिटो एक दिवसीय सतकको कीर्तिमान नेपालका कप्तान रोहितकुमार पौडेलको नाममा थियो ।

पौडेलले विश्वकप लिग २ अन्तरगत पपुवा न्यूगिनीविरुद्ध ९१ बलमा सतक प्रहार गरेर बनाएको रेकर्ड मल्लले भत्काएका हुन् । रोहितले भन्दा ३२ कम बल खेलेर कुशलले शतक बनाए ।

कुशलले आजकै इनिङमा बनाएको अर्को रेकर्ड हो सर्वाधिक छक्काको । उनले ५९ औं बलमा विशाल छक्का प्रहार गर्दै १०० रनको माइलस्टोन छोएका थिए । खेलमा यो उनको नवौं छक्का थियो । शतक बनाइसकेर पनि उनले थप एउटा छक्का हान्न भ्याए । यसरी कुशलले खेलमा कुल ६४ बल सामना गर्दै १० छक्का प्रहार गरेका छन् ।

समग्र एकदिवसीयमा सर्वाधिक छक्का हान्ने किर्तिमान पनि कुशलले आजको म्याचबाट आफ्नो नाममा बनाउन सफल भए । नेपालका लागि ओडीआईमा सर्वाधिक छक्काको कीर्तिमान रोहितकुमार पौडेलको नाममा थियो । उनले अहिलेसम्म ४५ एकदिवसीयमा २३ छक्का हानेका छन् । तर, आजको म्याचबाट कुशलको ओडीआइ छक्काको संख्या २८ पुगेको छ । कुशलले केवल २१ एकदिवसीय म्याचमा रोहितको रेकर्ड तोडेका हुन् ।

कुशल नेपालका लागि शतक हान्ने सबैभन्दा कान्छा खेलाडीसमेत बनेका छन् । उनी अहिले १९ वर्षका भए । नेपालका लागि शतक हान्ने अरु पाँचै जना खेलाडी कुशलभन्दा जेठा हुन् । कुशलले चार वर्षअघि एक दिवसीयमा अर्धसतक प्रहार गर्ने सबैभन्दा कान्छो खेलाडीको विश्वकीर्तिमान समेत राखेका थिए । त्यसबेला उनको उमेर १५ वर्ष थियो ।

सबैभन्दा कम उमेरमा ओडीआई शतक हान्ने विश्वरेकर्ड चाहीँ पाकिस्तानका साहिद अफ्रिदीको नाममा छ । उनले १६ वर्ष २१७ दिनको हुँदा श्रीलंकाविरुद्ध शतक प्रहार गरेका थिए ।

यस्तै, कुशलले नेपालका लागि सबैभन्दा तल्लो क्रममा आएर शतक हान्ने अर्को कीर्तिमान राखेका छन् । उनले आज छैटौं नम्बरमा ब्याटिङ गरेका थिए । यसअघि शतक बनाउने ब्याट्सम्यानहरुमध्ये कुशल भुर्तेल र आसिफ शेखले ओपनिङमा ब्याटिङ गरेका थिए । यस्तै पूर्वकप्तान पारस खड्काले पनि यूएईविरुद्ध ओपनिङमै आएर शतक हानेका हुन् ।

दिपेन्द्र सिंह ऐरीले चौंथो तथा रोहितकुमार पौडेलले पाचौं नम्बरमा शतक बनाएका थिए । उनीहरु दुवैले पपुवा न्यूगिनीविरुद्ध हानेको शतक भने खेर गएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ