५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

IPL: पञ्जाबले मुम्बईलाई १३ रनले हरायो (अंक तालिका सहित)

१० बैशाख २०८०, आईतवार ०२:०६

वैशाख १०, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत शनिबार भएको खेलमा पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई १३ रनले पराजित गरेको छ ।

घरेलु मैदान वाङखडे स्टेडियममा पन्जाबले दिएको २१५ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर २०१ रन मात्र बनायो ।

मुम्बईलाई जितका लागि अन्तिम ओभरमा १६ रन चाहिएको थियो । तर पञ्जाबका बलर अर्शदीप सिंहले उत्कृष्ट बलिङ गर्दै २ रन मात्र दिएर २ विकेट लिएपछि मुम्बई पराजित भएको हो ।


मुम्बईका लागि क्यामरुन ग्रीन र सूर्यकुमार यादवले अर्धशतक बनाए पनि जितका लागि पर्याप्त भएन । ग्रीनले ४३ बलमा ६ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ६७ रन बनाए । सूर्यकुमारले २६ बलमा ७ चौका र ३ छक्का प्रहार गरी ५७ रन बनाए ।

कप्तान रोहित शर्माले २७ बलमा ४४ रन बनाए । टिम डेभिडले १३ बलमा २ छक्का प्रहार गर्दै अविजित २५ रन बनाए । पन्जाबका लागि अर्शदीप सिंहले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले कप्तान साम करन र विकेटकिपर वितेश शर्माको विष्फोटक ब्याटिङ मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २१४ रन बनाएको थियो ।

करनले २९ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ५५ रन बनाए । हरप्रित सिंहले २८ बलमा ४ चौका र २ छक्काको मद्दतमा ४१ रन बनाए । अथर्व ताइडेले १७ बलमा २९ र प्रभसिमरन सिंहले १७ बलमा २६ रन जोडे । जितेश शर्मा ७ बलमा ४ छक्का प्रहार गर्दै अविजित २५ रन बनाए ।

मुम्बईका लागि पियुष चावला र क्यामरुन ग्रीनले समान दुई–दुई तथा जेसन बेहरनडोफ, जोफ्रा आर्चर र अर्जुन तेन्दुल्करले समान एक–एक विकेट लिए ।

चौथो जितपछि ७ खेलबाट ८ अंक जोडेको पञ्जाब पाँचौ स्थानमा उक्लेको छ । शीर्ष चारमा रहेका राजस्थान, लखनउ, चेन्नाई र गुजरातको पनि समान ८ अंक नै छ ।

तेस्रो हार बेहोरेको मुम्बई ६ खेलबाट ६ अंकसहित सातौं स्थानमै छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता