स्पानिस ला लिगा:- सेल्टा भिगोविरुद्ध रियल मड्रिडको २–० गोलको सानदार जित

Posted on: 23 Apr, 2023

बैशाख १०, काठमाडौं | स्पानिस ला लिगामा शनिवार राति भएको खेलमा रियल मड्रिडले सेल्टा भिगोलाई २–० ले पराजित गरेको छ ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियल मड्रिडका लागि मार्को असेन्सिओ र एडर मिलिटाओले एक- एक गोल गरे ।


खेलको ४२औं मिनेटमा असेन्सिओले  भिनिसियस जुनियरको पासमा पहिलो गोल गरे । त्यसपछि असेन्सिओकै पासमा एडर मिलिटाओले ४८औं मिनेटमा रियलका लागि दोस्रो गोल गरे ।

जितपछि रियलले ३० खेलबाट ६५ अंक जोडेको छ । रियल अझै लिग लिडर बार्सिलोनाभन्दा ८ अंकले पछि छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!