५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सिंगापुरमाथि यूएईको २०१ रनको फराकिलो जित

१० बैशाख २०८०, आईतवार ११:३५

वैशाख १०, काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटमा यूएईले सिंगापुरमाथि २०१ रनको फराकिलो जित हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ४७२ रनको लक्ष्य पाएको सिंगापुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७० रन मात्र बनाउन सक्यो । सिंगापुरका लागि मनप्रित सिंहले ६४ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ६६ रनको अर्धशतकीय पारी खेले । थिलिपन ओमाइदुराईले ५६ बलमा ४चौका र ३ छक्कासहित ५२ रनको अर्धशतकीय पारी खेले ।

ओपनर ब्याटर कप्तान अरित्र दत्तले ३२ बलमा ४ चौका र ३ छक्कासहित ३८ रन बनाए । त्यस्तै, सुरेन्द्ररन चन्द्रमोहनले पनि ६ चौकासहित समान ३८ रन बनाए ।

यूएईका लागि आयान अफ्जल खान, सन्चित शर्मा र कात्र्तिक मैयापनले समान २–२ विकेट लिए । त्यस्तै, जुनैद सिद्धकी, रोहन मुस्तफा र जहुर खानले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको यूएईले दुई खेलाडीको शतकमा त्रिवि क्रिकेट मैदानमा हालसम्मकै उच्च ४७१ रन बनाएको हो ।

यूएईका लागि कप्तान मोहमद वासिम र वृत्य अरबिन्दले शतकीय पारी खेले । २२ रनमा पहिलो विकेट गुमाएको यूएईका उनीहरुले दोश्रो विकेटका लागि २४६ रनको साझेदारी गरेको थिए ।

१७४ रन बनाएका अरबिन्दले १७ चौका र ७ छक्का हाने । वासिमले विस्फोटक ब्याटिङ गर्दै ८२ बलमा १६० रन बनाए । उनले ९ चौका र १६ छक्का हाने । आयान अफजल खानले ५० बलमा ७४ रन बनाए ।

सिंगापुरका आदित्य भरगाभाले ८ ओभर बलिङ गर्दै ८५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । रमेश कालिमुथुले ८ ओभरमा ७३ रन खर्चेर ३ विकेट लिए । विनोथ बस्करनले २ विकेट लिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता