२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मुलपानीमा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल रद्द हुने सम्भावना, खेल रद्द हुँदा के हुन्छ समिकरण ?

२०८०, ११ बैशाख सोमबार ०६:१६

बैशाख ११, काठमाडौँ | एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत मुलपानी क्रिकेट मैदानमा आज नेपाल र साउदी अरबबीचको खेलमा वर्षाले अवरोध गरेको छ । ९ बजेदेखि खेल सुरु हुनुपर्नेमा सवा साढे ११ बजेसम्म पनि टस हुन सकेको छैन ।

मुलपानी क्रिकेट मैदानमा नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय म्याच खेल्न लागेको थियो । एसीसी प्रिमियर कपमा नेपालको एउटा म्याच मात्र यस मैदानमा परेको छ । त्यसैले आज खेल नभएमा मुलपानी मैदानमा नेपालले यो प्रतियोगिता खेल्ने छैन ।

यतिबेला दुवै टिम तथा घरेलु दर्शक वर्षा रोकिएर खेल सुरु हुने प्रतिक्षामा छन् । तर, अहिलेसम्म वर्षा रोकिने छाँटकाट देखिएको छैन । अफिसियलहरुका अनुसार यदि २:१५ सम्ममा टस हुन सक्यो भने थोरै ओभरमा घटाएर खेल हुन सक्छ । अन्यथा खेल रद्द हुनेछ ।

खेल रद्द हुँदा नेपाल र साउदीअरबबीच १–१ अंक बाँडिन्छ । समूह एमा नेपाल र साउदीसँगै ओमान, कतार र मलेसिया पनि छन् । नेपालले मलेसिया र ओमानबीचको खेल जित्दै ४ प्वाइन्टका साथ अंकतालिकाको शीर्षस्थानमा छ । नेपालको नेट रनरेट पनि अरु टिमहरुको भन्दा राम्रो (१.७२६) छ ।

अंकतालिकाको दोस्रो स्थानमा रहेको ओमानले ३ खेल खेलेर २ जित र एक हार व्यहोरेको छ । तीन खेलबाट चार अंक बटुेको ओमानको नेट रनरेट -०.०११ रहेको छ । यस समूहबाट सेमिफाइनलमा स्थान बनाउन सक्ने दुई टिम नेपाल र ओमान नै हुन् ।

आजको खेल रद्द भएमा नेपाल ५ अंकसहित अंकतालिकाको शीर्षस्थानमा नै रहनेछ । अन्तिम खेलमा जित हासिल गरेको खण्डमा नेपाल ७ अंकसहित समूहबिजेताको रुपमा सेमिफाइनलमा जानेछ । त्यसैले आजको खेलमा अंक बाँड्दा नेपाललाई तात्विक असर पर्दैन ।

तर, नेपाल यदि कतारसँग पराजित भयो र ओमानले अन्तिम खेलमा साउदीसँग जित हासिल गर्यो भने नेपाल दोस्रो स्थानमा झर्न सक्छ । त्यसबेला नेपालको ५ अंक र ओमानको ६ अंक हुन्छ ।

दोस्रो भएर सेमिफाइनलमा जाँदा पनि नेपाललाई घाटा भने छैन । अर्को समूहबाट हङकङ र युएई सेमिफाइनलका दावेदार हुन् । हङकङले दुई खेल बाट र यूएईले ३ खेलबाट ४–४ प्वाइन्ट हासिल गरेका छन् । हङकङले बाँकी दुवै खेल जित्यो र यूएईले पनि अन्तिम खेल जित्यो भने यी दुई टिम नै समूह विजेता र उपविजेता भएर सेमिफाइनलमा जानेछन् । यदि नेपाल पहिलो भएर आयो भने यूएईसँग र दोस्रो भएर आयो भने हङकङसँग सेमिफाइनल भिड्नुपर्छ । अहिले यूएईका ब्याटिङ फर्म हेर्दा नेपालका लागि हङकङ नै सहज प्रतिद्वन्द्वी हुन सक्छ ।

समूह बीमा हङकङसहित बहराइन र कुवेतले अझै २–२ खेल खेल्न बाँकी रहेकाले त्यताको समिकरण स्पष्ट भइसकेको छैन । युएईजस्तो बलियो टिमलाई पराजित गरेको हङकङले बाँकी २ खेल पनि जितेर समूह विजेता बन्नसक्ने आशा राखेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने