५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश

११ बैशाख २०८०, सोमबार ०६:५६

वैशाख ११, काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ ।

मूलपानी (माथिल्लो) मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेल भारी वर्षासँगै टस नहुँदै खेल रद्ध भएपछि नेपाल र साउदी अरबले अंक बाँडेको हो ।

तीन खेलबाट पाँच अंक पुर्‍याएको नेपाल सेमिफाइनलमा पुगेको हो । नेपालले तीन खेलबाट ५ अंक जोडेको छ । समान खेलबाट ४ अंकसहित ओमान दोस्रो स्थानमा छ भने समान खेलबाट २ अंक जोडेको मलेसिया तेस्रो स्थानमा छ ।

चौथो स्थानको साउदीको पनि २ अंक छ । यो समूहमा कतारले अंक जोड्न सकेको छैन । नेपालले अन्तिम खेल १४ वैशाखमा कतारसँग खेल्नेछ । यो खेल जितेको अवस्थामा समूह विजेता छानिनेछ । 

समूहको अन्तिम खेलमा ओमान र साउदी अरवबीच प्रतिस्पर्धा हुनेछ । सो खेलको विजेता 'समूह ए' बाट सेमिफाइनलमा पुग्ने अर्को टिम बन्नेछ ।

यस्तै कीर्तिपुरमा मैदानमा प्रतियोगिताको समूह बी अन्तर्गत हङकङ र बहराइनबीचको खेल पनि अहिलेसम्म टस हुन सकेको छैन । 

मौसम प्रतिकुल हुँदा नेपालमा जारी एसीसी प्रिमियर कपको आजको दुवै खेलमा अंक बाडिने सम्भावना छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता