५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सिंगापुरलाई हराउँदै कुवेत शीर्ष ३ मा, सेमिफाइनल सम्भावना कायमै

१२ बैशाख २०८०, मंगलवार ०९:३८

वैशाख १२, काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत समुह बीको खेलमा सिंगापुरलाई ४ विकेटले पराजित गर्दै कुवेत समुह बीको शीर्ष तीनमा उक्लिएको छ । यो जितसँगै कुवेतको सेमिफाइनल पुग्ने संभावना कायम छ । कुवेतले अब बिहीबार हङकङसँग खेल्ने छ । यो खेल जितेमा कुवेत सेमिफाइनलमा पुग्ने छ ।

त्यो खेल हारेमा भने कुवेतले सेमिफाइनल पुग्नका लागि यूएई र बहराइनबीचको खेलको नतिजामा भर पर्नु पर्छ । हङकङ पहिलो र यूएई दोस्रो स्थानमा छन् । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको सिंगापुर ३१.४ ओभरमा ११३ रन बनाउँदै अल आउट भएको हो ।

सिंगापुरका लागि अम्रत्य कौलले ६० बलमा ९ चौका सहित सर्वाधिक ४५ रन बनाए । मनप्रित सिंहले ४४ बलमा ३ चौका र १ छक्का सहित २८ रन जोडे । थिलिपनले १३ रन बनाए भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कुवेतका लागि मोहम्मद अस्लमले सार्वधिक ५ विकेट लिए ।

उनले ८.४ ओभर बलिङ गर्दै २ मेडन सहित २० रन खर्चिएका हुन् । सिराज खानले ६ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । सिंगापुरले दिएको ११४ रनको सामान्य लक्ष्य पछ्याएको कुवेतले २६.३ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो । कुवेतका लागि ओपनर अद्नान इद्रिसले २८ बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ३८ रन बनाए ।

सिराज खानले १० रन बनाए । मित भवसार र यसिन पटेलले क्रमशः २७ र २१ रनको अविजित पारी खेले । सिंगापुरका लागि विनोद बस्करन र अकक्ष्य पुरीले समान २–२ विकेट लिए । आदित्य भारगाभा र थिलिपनले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता