५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

IPL:गुजरातले मुम्बईलाई ५५ रनले हराउदै अंक तालिकामा दोस्रो स्थानमा उक्लियो

१३ बैशाख २०८०, बुधबार ०३:३७

बैशाख १३, काठमाडौं | साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सलाई ५५ रनले पराजित गरेको छ । पाँचौ जितपछि गुजरात अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ ।

घरेलु मैदान नरेन्द्र मोदी स्टेडियम, अहमेदावादमा मंगलबार राति टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनाएको थियो । जवाफमा मुम्बईले ९ विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो ।

 गुजरातको लागि शुभमन गिलले ३४ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरी सर्वाधिक ५६ रन बनाए । मिलरले २२ बलमा ४६ रन बनाए | अभिनव मनोहरले २१ बलमा ४२ रन बनाए भने तेवाटियाले ५ बल खेल्दै अविजित २० रन बनाए । त्यस्तै विजय शंकर १९ र कप्तान हार्दिक पाण्ड्या १३ रनमा आउट भए ।


मुम्बईका लागि पियुष चावलाले २ विकेट लिए भने अर्जुन तेन्दुलकर, जासोन बेहरेनडोफ, राइले मेरेडिथ र कुमार कार्तिकेयले समान १–१ विकेट लिए ।

मुम्बईका लागि नेहाल वाडेरले २१ बलमा सर्वाधिक ४० रन बनाए । क्यामरुन ग्रीनले ३३ रन  र सूर्यकुमारले २३ रन बनाए भने  पियुष चावलाले १८ रन तथा इशान किसन र अर्जुन तेन्दुलकरले समान १३ रन बनाए ।

गुजरातका लागि  नुर अहमदले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । रासिदले ४ ओभरमा २ विकेट लिए भने मोहित शर्माले पनि २ विकेट लिए ।

सात खेलमा पाँचौ जित हात पारेको गुजरातले १० अंक जोडेको छ । शीर्ष स्थानको चेन्नाई सुपर किंग्स समान अंक जोडेपनि रनरेटमा पछि पर्दै गुजरात दोस्रो स्थानमा छ । यस सिजनको चौथो हार बेहोरेको मुम्बई ७ खेलबाट ६ अंक जोडेर सातौं स्थानमै छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता