५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सेमिफाइनल प्रवेशका लागि यूएईलाई ११७ रनको लक्ष्य

१३ बैशाख २०८०, बुधबार ०६:२८

बैशाख १३, काठमाडौँ | एसीसी प्रिमियर कपको समूह ‘बी’ खेलमा बहराइनले युनाइटेड अरब इमिरेट्स (यूएई) सामू ११७ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको बहराइन ४०.५ ओभरमा ११६ रनमै समेटिएपछि यूएईले सेमिफाइनल प्रवेशका लागि ११७ रनको झिनो लक्ष्य पाएको हो ।

बहराइनका कप्तान हैदर बट र अलि दाउदले समान २३ रन बनाए । मुहम्मद युनिसले १६, इमरान अन्वरले १४ र अब्दुल मजिदले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बहराइनका दुई ब्याटर ‘गोल्डेन डक’ भएका थिए ।

बहराइनलाई झिनो योगफलमा रोक्न अयान अफ्जल खानले चार विकेट लिए । १० ओभर बलिङ गरेका अफ्जलले सात मेडन राख्दै ६ रनमात्र खर्चिएका थिए । रोहन मुस्तफा र कार्थिक मयप्पनले समान दुई विकेट लिए । जहुर खानको नाममा एक विकेट रह्यो ।

समूह ‘बी’ बाट सेमिफाइनल प्रवेशका लागि आज दुवै टिमलाई जित्नै पर्ने दबाब छ । अंक तालिकाको दोस्रो स्थानमा रहेको यूएईले तीन खेलबाट चार अंक जोडको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता