५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसीसी प्रिमियर कप: ओमानले साउदीलाई दियो ३६७ रनको लक्ष्य

१३ बैशाख २०८०, बुधबार ०७:४४

बैशाख १३, काठमाडौँ | जतिन्दर सिंहको ८८ रनप्रेरित ओमानले एसीसी मेन्स प्रिमियर कपमा बुधबार साउदी अरबलाई तीन सय ६७ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको ओमानका लागि ७९ बलमा ११ चौका र दुई छक्कासहित ८८ रनको महत्त्वपूर्ण इनिङ खेले।

यस्तै, कश्यप प्रजापतिले ५३ बलमा ६ चौका र दुई छक्कासहित ५१ रनको अर्धशतकीय इनिङ खेलेका थिए। यस्तै, सोएब खान ७० बलमा आठ चौका र दुई छक्कासहित ६८ रन जोडेर आउट हुँदा कप्तान जिशन मक्सुद ५४ रन जोडेर आउट भए।

मोहम्मद नदिमले ३८ बलमा ६ चौका र चार छक्कासहित ७१ रनको अविजित अर्धशतकीय इनिङ खेल्दा अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन।

साउदीका लागि अतिफ उर रेहमानले सर्वाधिक तीन विकेट लिए। यस्तै, अब्दुल वाहिदले  दुई तथा अब्दुल वाहिदे एक विकेट लिए।

आजको खेलमा जित निकाले ओमानले समूह ‘ए’बाट सेमिफाइनलमा स्थान बनाउने करिब निश्चित हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता