५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कतारविरुद्ध नेपाल १५७ रनमै अलआउट, सन्दीप लामिछानेले बनाए सर्वाधिक रन

१४ बैशाख २०८०, बिहीबार ०६:४१

वैशाख १४, काठमाडौं | एसीसी प्रिमियर कप अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १ सय ५७ रन बनाएको हो । 

नेपालका लागि सन्दीप लामिछानेले नटआउट रहँदै सर्वाधिक ४२ रन बनाए । उनले ५८ बलमा ६ चौकाको मद्दतले सो रन बनाउन सफल भए । एकदिवसीय क्रिकेटमा सन्दीपले बनाएको सर्वाधिक स्कोर हो ।

कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो । नेपालले ९ रनमा दुई विकेट गुमाएको थियो । दोस्रो ओभरमा कुशल भुर्तेल २ रन बनाएर आउट भए भने चौथो ओभरमा भीम सार्की ६ रन बनाएर आउट भए । दुवै विकेट गायान मुनाविराले लिएका थिए ।

१३ औँ ओभरमा ओपनर आसिफ शेख १९ रन बनाएर आउट भए । इकरामुल्लाह खानको बलिङमा उनी पनि क्याच आउट भए । खेलको १६ औँ ओभरमा कप्तान रोहित पौडेल २७ रन बनाएर आउट हुन पुगे ।

पाँचौ विकेटका रुपमा नेपालले कुशल मल्ललाई ३ रनमा गुमायो । त्यसपछि ११ रन बनाएर सोमपाल कामी पभिलियन फर्किए भने आरिफ शेख पनि समान रन बनाउँदै आउट भए । दीपेन्द्र सिंह ऐरीले गुल्सन झाले पनि खासै कमाल देखाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता