वैशाख १४, काठमाडौँ | जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा कतारविरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ ।
सन्दीप लामिछानेले कतारका ओपनर जाहिर इब्राहिमलाई ८.३ ओभरमा आउट गराउँदै नेपाललाई तेस्रो सफलता दिलाए ।
त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको कतार दुबै ओपनर गुमाएपछि दबावमा परेको छ । कतारले यो समचार लेखिसक्दा ९ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ३२ रन जोडेको छ ।