ललितले दिलाए नेपाललाई सातौँ सफलता

Posted on: 27 Apr, 2023

वैशाख १४, काठमाडौँ | कीर्तिपुरमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालविरुद्ध कतारले सातौँ विकेट गुमाएको छ । ललित राजवंशीले नेपाललाई सातौँ सफलता दिलाएका हुन् । ललितले १४ रन बनाएका अमिर फारुकलाई आफ्नो शिकार बनाए । खेलमा उनको यो दोस्रो विकेट हो । यसअघि उनले ओपनर कमरान खानलाई आउट गरेका थिए ।

नेपालका लागि सोमपाल कामीले तीन विकेट तथा सन्दीप लामिछानेले दुई विकेट लिँदै कतारमाथि दबाब कायम राखेका छन् । कतारले २०।५ ओभरमा ७ विकेटको क्षतिमा ७७ रन बनाएको छ । नेपालले खेलमा जीतका लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!