दृष्टिविहीन महिला क्रिकेटमा नेपालकाे शानदार जित

Posted on: 28 Apr, 2023

वैशाख १५, काठमाडौँ | दोस्रो नेपाल भारत बाइल्याटरल टी २० दृष्टिबिहीन महिला क्रिकेटमा नेपाल विजयी भएको छ ।

तल्लो मूलपानी  क्रिकेट मैदानमा टस जितेर फिल्डिङ्ग रोजेको नेपालले नेत्रहीन महिला क्रिकेट टोलीलाई पाहुना भारतीय टोली २१४ रनको विशाल स्केरको प्रस्तुत गरेको थियो ।

 भारतीय टिमको लागि कप्तान सुस्मा पटेलले ६३, सिमु दासले ४६, उपकप्तान गंगावा निलप्पाले ३९, वसन्ती हंसडाले २३ र फुला सिरेनले १० रन प्रहार गरे भने अन्य खेलाडीले दोहोरो अकं चुम्न सकेनन् । नेपालका लागि निशा चौधरीले १ व्हृयीकेट लिएको थिइन् भने भारतका ४ खेलाडी रनआउट भएका थिए ।


जवाफी व्यटिङ्गमा आएको नेपालले निर्धारित २० ओभरको समाप्तिमा मात्र १ व्हृयीकेट गुमाएर ९ व्हृयीकेटको विशास जित हासिल गरेको थियो । नेपालका  लागि प्लेयर अफ दी म्याच  विनिता पुनले ६७ वलमा नट आउट १२६ रन प्रहार गरेकी थिइन् । त्यसै गरी मनकेशरी चौधरीले ५६ वलमा ६५रन प्रहार गरेकी थिइन् र मुना अर्याल भने ४ रनमा  नटआउट रहिन् ।

यो जितसँगै नेपाल पाचँ खेलको श्रृखलामा २(१ ले अघि रहेको छ। त्यस अघि पोखरामा भएको दुई खेलमा एक खेल नेपालले र १ खेल भारत विजय भएको थियो । यस सिरिज अन्र्तगतको बाकीँ दुई खेलहरु १६ र १७ गते खेलिने छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!