बैशाख १६, काठमाडौँ | एसीसी प्रिमियर कपको सेमिफाइनलमा कुवेतसँग खेलिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ। विष्फोटक सुरुवात गरेको नेपालले कुशल भुर्तेल, भीम सार्की आसिफ सेखको विकेट गुमाएको हो।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालको प्रदर्शन उत्कृष्ट छ। ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले आक्रामक ब्याटिङ गरेका थिए।
ओपनर ब्याट्सम्यान कुशलले ४३ रन र आसिफले ३१ रन बनाएर आउट भएका हुन् भने तेस्रो विकेटका लागि मैदानमा उत्रिएका भीम केवल १ रन बनाएर पेभेलियन फर्किए।
अहिले क्रिजमा रोहित र कुशल खेलिरहेका छन् | नेपालले १३.२ ओवरमा ८९ रन बनाएका छन् |