वर्षाका कारण नेपाल र कुवेतको खेल रोकियो, नेपालको १४१ रन

Posted on: 29 Apr, 2023

बैशाख १६, काठमाडौँ | कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र कुवेतबीचको खेल वर्षाका कारण रोकिएको छ। टस हारेको नेपाली टोलीले पहिले ब्याटिङको निम्तो पाएको थियो। नेपाल २३.२ ओभरको समाप्तिपछि पानी पर्न थालेपछि खेल रोकिएको हो।

यतिबेलासम्म नेपालले ३ विकेटको क्षतिमा १४१ रन बनाएको छ। नेपालका ब्याट्सम्यान कुशल भुर्तेल, भीम सार्की र आसिफ सेख आउट भएका छन् भने कप्तान रोहित पौडेल र कुशल मल्ल मैदानमा छन्।

कप्तान रोहित पौडेल ४० बल खेल्दै ३० रन बनाएका छन् | त्यस्तै कुशल मल्लले ३० बलखेल्दै ३२ रन बनाएका छन्। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!