पानी रोकिएपछि हटाउदै मैदानको कभर, केही बेरमा खेल पुनः सुरु हुने

Posted on: 29 Apr, 2023

बैशाख १६, काठमाडौँ | एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा वर्षाको कारण रोकिएको कुवेत र नेपालबीचको खेल केही बेरमा सुरू हुने भएको छ ।

नेपालले २३.२ ओभरमा तीन विकेटको क्षतिमा १४१ रन बनाउँदा पानी पर्न थालेपछि खेल रोकिएको थियो । केही बेर पानी परेपछि रोकिएको छ । योसँगै मैदानको कभर हटाइएको छ । खेल केही बेरमा सुरू हुनेछ ।


नेपालका कप्तान रोहितकुमार पौडेल ३० र कुशल मल्ल ३२ रनमा अविजित छन् । यसअघि  नेपालका लागि कुशल भुर्तेलले  ४३ रन, आसिफ शेखले ३१ रन र भीम सार्कीले १ रन बनाएर आउट भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!