५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रुसी आक्रमणमा ५ बालबालिकासहित २६ जना युक्रेनी मारिए

१६ बैशाख २०८०, शनिबार ०९:१५

बैशाख १६, उमान (युक्रेन) | रुसी आक्रमणमा परी पाँच जना बालबालिकासहित २६ जनाको मारिएका छन् । युक्रेनमाथि करिब दुई दर्जन क्षेप्यास्त्र प्रहार गरेर रुसले ती गैरसैनिक मारेको युक्रेनी अधिकारीहरूले बताएका छन् । 

मध्य युक्रेनको ऐतिहासिक सहर उमानको आवासीय क्षेत्रमा रुसले हवाई हमला गरेको हो । भत्केका भवनका भग्नावशेषबाट मृतकका शव निकालिएका हृदयविदारक दृश्य एएफपीका पत्रकारले देखेका थिए ।भग्नावेशषबाट बालबालिकाका शव पनि निकालिएका थिए । 

यो वर्ष शिशिर यामको प्रारम्भमा ऊर्जा र इन्धन प्रवाह गर्ने युक्रेनी पूर्वाधारमा आक्रमण गरेर रुसले जनजीवन कष्टकर पारेको थियो । केही समयका लागि आक्रमण बन्द गरेको रुसले नागरिक संरचना तथा आवासमा पुनः हमला थालेको छ ।  

 करिब असी हजार बासिन्दा रहेको लुगान्स्कमा पनि आक्रमण भएको छ । पूर्वी लुगान्स्क सहर रुसको नियन्त्रणमा छ । रुसी क्षेप्यास्त्रहरू मध्य सहर डिनिप्रोमा पनि वर्सिएका छन् । एकतीस वर्षीया एक महिला र उनकी दुई वर्षकी छोरी सुतिरहेको अवस्थामा मारिएका अधिकारीहरूले बताएका छन् । गत जनवरीमा उक्त सहरको आवासीय भवनमा भएको क्षेप्यास्त्र आक्रमणमा ४० जनाले ज्यान गुमाएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता