वर्षाका कारण फेरी रोकियो नेपाल र कुवेतबीचको खेल

Posted on: 29 Apr, 2023

वैशाख १६, काठमाडौं | एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल र कुवेतविरुद्धको खेल वर्षाका कारण स्थगित भएको छ । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन बनाएको थियो | कुवेतले  ब्याटिङ गर्दै गर्दा पानी परेर खेल स्थगित भएको हो ।

नेपालका करण केसी एक्लैले ५ विकेट लिए भने सोमपाल कामीले एक विकेट लिएका छन् । 

यसअघि नेपालले ब्याटिङ गर्दा पनि २३.२ ओभर ब्याटिङ गरेपछि खेल वर्षाका कारण स्थगित भएको थियो । त्यसपछि पानी पर्न छाडेपछि खेललाई ४२ ओभरमा घटाइ पुनः खेलेको थियो ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!