बैशाख १६, काठमाडौँ | युएईले डीएलएस प्रणालीका आधारमा ओमानलाई २ रनले हराउँदै फाइनलमा पुगेको हो । मुलपानी मैदानमा यूएईले ओमानलाई डीएल पद्धतिका आधारमा २ रनले हराएर फाइनल प्रवेश गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको हो ।
टस हारेर ब्याटिङको गरेको युएईले ३ बल अगावै अलआउट हुँदै २३६ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको ओमानले ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन बनाउँदा वर्षाका कारण खेल स्थगित भएको थियो । ४३औं ओभरको समाप्तिमा विकेट गुमाएपछि डीएलएसमा ओमानको हार निश्चित भएको थियो।
कुवेतविरुद्धको सेमिफाइनल खेल रद्द भएपछि नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । समूह चरणमा नेपालको प्रदर्शन कुवेतभन्दा राम्रो रहेको आधारमा नेपाल फाइनलमा प्रवेश गर्न सफल भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
अब नेपाल र युएईबीचको फाइनल खेल टियु क्रिकेट मैदानमा सोमबार हुनेछ।