२८ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतीय महिला लिगमा चम्किइन् सावित्रा, लगातार ह्याट्रिक

१७ बैशाख २०८०, आईतवार ०७:३४

वैशाख १७, काठमाडौँ | नेपाली महिला फुटबल टिमकी सदस्य सावित्रा भण्डारीलाई गोल मेसिनको रुपमा चिनिन्छ । मैदानमा उनले गर्ने गोलका कारण उनी गोल मेसिन नै बनेकी छन् ।

चाहे राष्ट्रिय टिममा होस् या क्लब लेभलमा उनको गोल गर्न माहिर छिन् । नेपालमा महिला फुटबलको लिग नभएपछि हाल सावित्रादेखि राष्ट्रिय टिम कप्तान एन्जिला तुम्बापो सुब्बासम्म भारतीय महिला लिग खेलिरहेका छन् ।

त्यसमा पनि गोकुलम केरलाबाट खेलिरहेकी सावित्राको उत्कृष्ट प्रदर्शन जारी छ । दुई पटक भारतीय लिग जितिसकेकी सावित्राले गोकुलम केरलालाई लगातार दोस्रो जित दिलाउने क्रममा ह्याट्रिक गरिन् ।

पहिलो खेलमै इस्ट बंगाल विरुद्ध ५ गोल गरेकी सावित्राले शनिबार ओडिसा स्पोर्ट्स विरुद्ध चार गोल गरिन् । गोकुलम केरलाले भने दुवै खेलमा ८ गोल गर्‍यो ।

पहिलो खेल ८-२ ले जितेको गोकुलमले दोस्रो खेल ८-१ ले जित्यो ।

सावित्राले खेलको सातौं मिनेटमै गोल गरी अग्रता दिलाएकी थिइन् । १२औं मिनेटमा सुमिताले स्पोर्ट्स ओडिसाका लागि बराबरी गोल फर्काएकी थिइन् । तर पहिलो हाफमा भिभियनले २८औं र डांगमाई ग्रेसले ४३ औं मिनेटमा गोल गर्दा गोकुलम केरालाले ३-१ को अग्रता बनायो । दोस्रो हाफमा सावित्राले ६२औं र ६३औं मिनेटमा लगातार गोल गर्दै ह्याट्रिक पूरा गरिन् भने ७९औं मिनेटमा व्यक्तिगत चौथो गोल गरिन् ।

यस्तै शिल्कीले ७०औं मिनेटमा गोल गर्दा भिभियनले ८६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् ।

स्पोर्ट्स ओडिसाबाट नेपाली राष्ट्रिय टिमकी अर्की परवार्ड रेखा पौडेल पनि खेलेकी थिइन् । यसअघि पहिलो खेलमा गोल गरेकी रेखाले सावित्राको टिम विरुद्ध भने गोल गर्न सकिनन् ।

लगातार दोस्रो जितपछि गोकुलम केराले समूह ए मा ६ अंक जोडेर शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई फेरि पठाइयो हिरासत पाँच वर्षमा कृषि अनुदानमा १ खर्ब ७ अर्ब खर्च बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस हुने मकवानपुरमा दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा नेकपा एससँग एकता गर्न हच्किए वामदेव गौतम, अभियानको बैठक अनिर्णित आर्मीले जित्यो पहिलो खेल, पुलिससँग फाइनल खेल्ने पक्का जय ट्रफीमा आर्मीलाई मधेशले दियो २८ रनको लक्ष्य लोकसेवा आयोग, विद्युत् प्राधिकरण र शिक्षा मन्त्रालयविरुद्ध सर्वोच्चमा रिट दायर नेपालमा टी२०आई खेल्न आउने नेदरल्याण्ड्स महिला क्रिकेट टोलीको घोषणा जय ट्रफी एलिट कप क्रिकेट: रित र शुभको अर्धशतकमा बागमतीले दियो पुलिसलाई ११६ रनको लक्ष्य काठमाडौँ जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु सरकारले अध्यादेश ल्याउनु गलत, ओली एकलौटी अघि बढे : एनपी साउद दुई हजार करोड क्लबतर्फ लम्किँदै ‘पुष्पा-२’ कोलम्बियामा विमान दुर्घटना: १० जना मृत फेला, ५ जना एकै परिवारका शिक्षिकाले लाठीले पिट्दा युकेजी पढ्ने बालकको आँखा फुट्यो, मुद्दा फिर्ताका लागि दबाब आज रविविरुद्धको थुनछेक बहस नसकिए रविलाई अदालतले हिरासत पठाउन सक्ने ललितपुरमा पार्किङ गरेर राखिएको कारमा आगलागी रवि लामिछानेको बयान न्यायाधीश अधिकारीको इजलासमा आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?