५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ओमान र कुवेतको खेल वर्षाले रद्ध, वरीयताका आधारमा ओमान तेस्रो

१७ बैशाख २०८०, आईतवार ११:५४

बैशाख १७, काठमाडौं | एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि भएको ओमान र कुवेतबीचको खेल खराब मौसमका कारण रद्ध भएको छ ।

प्रतियोगिताको नियमअनुसार आईसीसी वरीयतामा अगाडि रहेको टिम ओमान विजयी भएको छ । ओमानले एसीसी इमर्जिङ एसिया कपमा स्थान सुरक्षित गरेको छ । प्रिमियर कपको शीर्ष तीन टिमले एसीसी इमर्जिङ एसिया कप खेल्नेछन् ।


फाइनलिष्ट टिमहरु नेपाल र यूएईले यसअघि नै जुलाइमा हुने यो प्रतियोगितामा स्थान सुरक्षित गरिसकेका छन् । प्रतियोगिताको आयोजनास्थलको निर्णय भइसकेको छैन ।

१३१ रनको लक्ष्य पछ्याएको ओमानले ६ ओभरमा विना क्षति ४१ रन बनाउँदा तेस्रो स्थानका लागि भएको खेल वर्षाका कारण रोकिएको थियो । दिउँसो ३ बजेपछि वर्षा रोकिए पनि मैदानमा पानी जमेर खेल्न नमिल्ने भएपछि रद्ध गरिएको हो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले ३१.३ ओभरमा सबै विकेट गुमाएर १३० रनको योगफल बनाएको थियो ।

कुवेतलाई सस्तैमा समेट्न ओमानका जय ओडेड्राले ५.३ ओभरमा १ मेडन राख्दै १४ रन खर्चेर ५ विकेट लिएका थिए । विलाल खानले २ विकेट लिएका थिए । कुवेतका ओपनर अदान इद्रिसले सर्बाधिक ३४ तथा सयद मोनिवले २८ रन जोडे ।

यसअघि सेमिफाइनलमा पनि कुवेत र नेपालबीचको खेल वर्षाले रद्ध भएको थियो । समूह चरणको प्रदर्शनका आधारमा नेपाल फाइनलमा पुगेको थियो भने कुवेतले तेस्रो स्थानका लागि प्लेअफ खेल्नुपरेको थियो । नेपाल समूह ए को विजेता र कुवेत समूह बीको उपविजेता बन्दै फाइनल प्रवेश गरेका थिए ।

प्रतियोगिताको उपाधिका लागि सोमबार नेपाल र यूएई आमने सामने हुँदैछन् । यो खेलको विजेताले आगामी सेप्टेम्बरमा हुने एसिया कप क्रिकेटमा भारत र पाकिस्तान रहेको समूहबाट खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता