२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ओमान र कुवेतको खेल वर्षाले रद्ध, वरीयताका आधारमा ओमान तेस्रो

२०८०, १७ बैशाख आईतवार ११:५४

बैशाख १७, काठमाडौं | एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि भएको ओमान र कुवेतबीचको खेल खराब मौसमका कारण रद्ध भएको छ ।

प्रतियोगिताको नियमअनुसार आईसीसी वरीयतामा अगाडि रहेको टिम ओमान विजयी भएको छ । ओमानले एसीसी इमर्जिङ एसिया कपमा स्थान सुरक्षित गरेको छ । प्रिमियर कपको शीर्ष तीन टिमले एसीसी इमर्जिङ एसिया कप खेल्नेछन् ।


फाइनलिष्ट टिमहरु नेपाल र यूएईले यसअघि नै जुलाइमा हुने यो प्रतियोगितामा स्थान सुरक्षित गरिसकेका छन् । प्रतियोगिताको आयोजनास्थलको निर्णय भइसकेको छैन ।

१३१ रनको लक्ष्य पछ्याएको ओमानले ६ ओभरमा विना क्षति ४१ रन बनाउँदा तेस्रो स्थानका लागि भएको खेल वर्षाका कारण रोकिएको थियो । दिउँसो ३ बजेपछि वर्षा रोकिए पनि मैदानमा पानी जमेर खेल्न नमिल्ने भएपछि रद्ध गरिएको हो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले ३१.३ ओभरमा सबै विकेट गुमाएर १३० रनको योगफल बनाएको थियो ।

कुवेतलाई सस्तैमा समेट्न ओमानका जय ओडेड्राले ५.३ ओभरमा १ मेडन राख्दै १४ रन खर्चेर ५ विकेट लिएका थिए । विलाल खानले २ विकेट लिएका थिए । कुवेतका ओपनर अदान इद्रिसले सर्बाधिक ३४ तथा सयद मोनिवले २८ रन जोडे ।

यसअघि सेमिफाइनलमा पनि कुवेत र नेपालबीचको खेल वर्षाले रद्ध भएको थियो । समूह चरणको प्रदर्शनका आधारमा नेपाल फाइनलमा पुगेको थियो भने कुवेतले तेस्रो स्थानका लागि प्लेअफ खेल्नुपरेको थियो । नेपाल समूह ए को विजेता र कुवेत समूह बीको उपविजेता बन्दै फाइनल प्रवेश गरेका थिए ।

प्रतियोगिताको उपाधिका लागि सोमबार नेपाल र यूएई आमने सामने हुँदैछन् । यो खेलको विजेताले आगामी सेप्टेम्बरमा हुने एसिया कप क्रिकेटमा भारत र पाकिस्तान रहेको समूहबाट खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने