५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

इन्डिनय प्रिमयर लिग (IPL) मा राजस्थान रोएल्सविरुद्ध मुम्बईको रोमाञ्चक जित

१८ बैशाख २०८०, सोमबार ०३:२७

वैशाख १८, काठमाडौं | इन्डिनय प्रिमयर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले पहिलो संस्करणको विजेता राजस्थान रोएल्समाथि रोमाञ्चक जित हात पारेको छ ।

राजस्थानका लागि यशस्वी जैसवालको सानदार शतकको मदतमा मुम्बईलाई २१३ रनको लक्ष्य दिएको थियो । तर टिम डेभिडले अन्तिम ओभरमा लगतार तीन छक्का प्रहार गरेपछि मुम्बईलाई जित हासिल गराएका थिए | साथै मुम्बईको घरेलु मैदानमा दुई सय माथिको स्कोर चेस भएको यो पहिलो पटक हो ।

मुम्बईलाई जितका लागि अन्तिम ओभरमा १७ रन आवश्यक थियो । टिम डेभिडले राजस्थानका ज्यासन होल्डर सरुआती तीन बलमा लगातार तीन छक्का प्रहार गर्दै खेल जिताएका हुन् । उनले १४ बल खेल्दै २ चौका र ५ छक्का मद्तमा अविजित ४५ रन बनाए ।


मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ५५ रन बनाए । भने क्यामरुन ग्रीनले २६ बलमा ४४ तथा इशान किसनले २३ बलमा २८ रन जोडे । तिलक बर्माले २१ बलमा अविजित २९ रन बनाए |

राजस्थानका रविचन्द्रन आश्विनले २विकेट लिए भने ट्रेन्ट बोल्ट र सन्दीप शर्माले समान १-१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१२ रन बनाएको थियो । राजस्थानका लागि ओपनर जैसवालले अन्तिम ओभरसम्म टिकेर शतकिए परि खेल्दै ६२ बलमा १८ चौका र ८ छक्का मदतमा १२४ रन बनाए । बटलरले १८ र कप्तान सन्जु सामसनले १४ रन बनाए ।

मुम्बईका अर्शद खानले ३ विकेट तथा पियुष चावलाले २ विकेट लिए । जोफ्रा आर्चर र राइले मेरेडिथले समान १ विकेट लिए ।

जितपछि मुम्बई ८ खेलबाट ८ अंक जोडेको सातौं स्थानमा छ भने  चौथो हार बेहोरेको राजस्थान ९ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता