एसीसी प्रिमियर कपको फाइनल खेल: नेपालले टस जितेर यूएईविरुद्ध फिल्डिङ गर्दै

Posted on: 01 May, 2023

बैशाख १८, काठमाडौं | एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा घरेलु टिम नेपालले टस जितेर यूएईविरुद्ध फिल्डिङ रोजेको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा कप्तान रोहित कुमार पौडेलले पहिलो पटक टस जितेपछि बलिङको निर्णय गरेका हुन् ।

योसँगै यूएईले ब्याटिङ गर्ने भएको छ । यूएई र नेपालबीचको विजेताले एसिया कप खेल्नेछ ।

नेपाली टिममा एक जना खेलाडी परिवर्तन गरेको छ । प्रशिक्षक मोन्टी देशाइले दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्सन झाले टिममा मौका दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!