यूएईविरुद्ध नेपाललाई पाँचौ सफलता, सन्दिपले लिए विकेट

Posted on: 01 May, 2023

बैशाख १८, काठमाडौं | एसीसी पुरुष प्रमियर कप क्रिकेटको फाइनल खेल अन्तर्गत यूएईविरुद्ध नेपाललाई पाँचौ सफलता मिलेको छ। नेपालका लागि पाँचौ सफलता सन्दिप लामिछानेले दिलाएका हुन् | यस अघि  चौथो विकेट ललित राजवंशी लिएका थिए | त्यस्तै करण केसी व्यक्तिगत दोस्रो विकेट लिएका छन् |

नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका थिए। सोमपालले यूएईका कप्तान मुहम्मद वसीमलाई तेस्रो ओभरको पहिलो बलमा ललित राजवंशीबाट क्याचआउट गराएका थिए। हाल  युएईको १४.२ ओवरमा ५ विकेटको क्षेतिमा ५२ रन बनाएका छन् |

त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले यूएईविरुद्ध पहिले बलिङ गरिरहेको छ। एसीसी प्रमियर कपको उपाधि जित्ने टोली एसिया कपका लागि छनोट हुनेछ। एसिया कपमा भारत, पाकिस्तान जस्ता बलिया टोलीसँग प्रतिस्पर्धा गर्न पाइनेछ। एसिया कप आगामी सेप्टेम्बरमा हुनेछ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!