यूएईको छैटौँ विकेट गुम्यो

Posted on: 01 May, 2023

वैशाख १८, काठमाडौँ | एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले छैटौँ विकेट लिएको छ । गुल्सन झाले १० रन बनाएका यूएईका बासिल हमिदलाई बोल्ड गरेका हुन् । 

यसअघि नेपालका लागि करन केसीले दुई तथा सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजवंशीले एक विकेट लिएका थिए ।  आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । 

 टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २३ ओभर सकिंदा ६ विकेट गुमाएर ९२ रन बनाएको छ ।

क्रिकेट मैदानमा १६ औँ ओभर सकिँदा वर्षाका कारण रोकिएको खेल पुनः सुरु भएको हो ।

नेपाल अहिलेसम्म सो प्रतियोगितामा छनोट भएको छैन । घरेलु मैदानको फाइदा उठाउँदै नेपाल पहिलोपटक सो प्रतियोगिता खेल्न चाहन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!