५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसीसी प्रिमियर कप फाइनल- आज खेल हुन नसके के हुन्छ?

१८ बैशाख २०८०, सोमबार ०७:५७

वैशाख १८, काठमाडौँ | एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण अवरुद्ध भइरहेको छ । मौसमको अवस्था हेर्दा आज परिणाम आउनेमा विश्वस्त हुने स्थिति छैन ।

नेपालले यूएईको नवौं विकेट लिइसकेपछि खेल रोकिएको हो । नेपालका बलरहरु पूर्णरुपमा हावी भइरहँदा यूएई झिनो रनमा समेटिने अस्वस्था थियो । खेल रोकिनुअघि यूएईले २७.३ ओभरमा १०६ रन मात्रै जोड्न सकेको छ ।

यदि आज खेल हुन सकेन भने भोलिलाई रिजर्भ डे राखिएको छ । धेरै समर्थकहरुको चासो छ, भोलि फेरि खेल हुँदा आज नेपालले लिएका ९ विकेट के हुन्छन् ?

यस विषयमा हामीले नेपाल क्रिकेट संघसँग आधिकारिक जानकारी लियौं । क्यानका प्रवक्ता दुर्गा पाठकले अहिलेको नियम अनुसार आज पूरा खेल हुन नसकेको खण्डमा भोलि खेल सुचारु हुने बताए ।

‘आज खेल जुन स्थितिमा छ, त्यहीँबाट सुचारु हुन्छ । सुरुबाट हुँदैन,’ उनले भने ।


अर्थात् भोलि २७.४ बलबाट पहिलो इनिङको खेल सुचारु हुने छ र यूएईको अन्तिम जोडी कात्र्तिक मियाप्पन र जुनैद सिद्दकी क्रिजमा आउनेछन् । बलिङको सुरुवात ललित राजवंशीले नै गर्ने छन्, जसले आफ्नो पाचौं ओभरको चौंथो बल फ्याकेपछि खेल रोकिएको थियो । खेल रोकिनुअघि ललितले लगातार बलमा दुई विकेट लिएका थिए । त्यसैले उनीसँग आफ्नो ह्याट्रिक पूरा गर्दा यूएईलाई अलआउट गर्ने अवसर हुने छ ।

तर, यदि आज मौसम उघ्रिएको खण्डमा अम्पायरहरुले ओभर छोट्याउने र टार्गेट पनि समायोजन गर्ने निर्णय लिन सक्छन् ।

उदाहरणका लागि २० ओभरका बलिङ हटाइयो भने नेपाललाई ३० ओभरमा यूएईले खडा गरेको भन्दा थोरै स्कोर पछ्याउन लगाउने छन् ।

तेस्रो विकल्प भनेको सुपरओभरबाट पनि निर्णय हुन सक्छ । क्यानले यदि खेल अनिर्णयत भएमा दुईवटा सुपरओभर हुन सक्ने जनाएको छ ।

यसमा दुवै टिमले एक–ओभर बलिङ र ब्याटिङ गर्न पाउँछन् । जसले बढी रन बनाउँछ उही विजेता बन्छ । सुपर ओभरमा जानु भनेको कमजोर अवस्थामा रहेको यूएईले शून्यबाटै अवसर पाउनु हो । नेपालले अहिलेसम्म गरेको बलिङ खेर जानु हो ।

भोलि पनि वर्षाले खेल विथोलेमा अम्पायरहरुले डीएल मेथडका आधारमा ओभर छोट्याएर नेपाललाई नयाँ टार्गेट दिन सक्छन् । त्यो पनि सम्भव नभए सुपरओभरबाट फैसला हुन्छ । र, यदि त्यो पनि सम्भव नभएमा नेपाल स्वत विश्व एकदिवसीय वरियताका आधारमा एसिया कपका लागि छनोट हुन्छ । एकदिवसीय वरियतामा नेपाल यूएईभन्दा अगाडि छ । -नेपाल प्रेसबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता