५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जित नजिक नेपाल, जितका लागि २१ ओभरमा १६ रन आवस्यक

१९ बैशाख २०८०, मंगलवार ०५:५७

बैशाख १९, काठमाडौँ | हिजो (सोमबार) वर्षाका कारण  रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल आज हुँदैछ । हिजो रोकिएकै चरणबाट बाँकी खेल आज सुरु भएको हो ।  फाइनल खेलका लागि यसअघि नै एक दिन थप ‘रिजर्भ डे’ राखिएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जितका लागि ११८ रनको लक्ष्य पछ्याएको नेपाललाई अब जितका लागि २१ ओभरमा १६ रन आवस्यक पर्ने भएको छ | जारि खेलमा नेपालले २९ ओभरमा १०२ रन बनाएर खेलिरहेको छ ।

युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध एसीसी प्रिमियर कपको फाइनलमा अलराउन्डर गुल्सन झा र भीम सार्कीले नेपालको इनिङ्स सम्हालेका छन् । यी दुईले चौथो विकेटका लागि ८१ रनको साझेदारी गरिसकेका छन् ।

२२/३ को स्थितिबाट गुल्सन र भीमले नेपालको इनिङ्स उकासेका हुन् । उनीहरूले ८१४१ बलमा ५० रनको साझेदारी गरेका छन् ।  गुल्सन क्रिजमा आउँदा नेपाल १/१ को स्थितिमा थियो ।

नेपालका ओपनर कुशल भुर्तेल र कप्तान रोहितकुमार पौडेल समान एक रन बनाएर पवेलियन फर्किएका थिए । अर्का ओपनर आसिफ शेख आठ रन बनाएर आउट भए ।

१.२ ओभरमा कुलश रोहन मुस्तफाको बलमा एलबीडब्ल्यू आउट हुँदा नेपाल १/१ को स्थितिमा थियो । नेपालले सातौँ ओभरको पहिलो बलमा ओपनर आसिफ शेखलाई गुमायो । आयान अफजल खानको बलमा एलबीडब्ल्यू आउट हुनुअघि आसिफले आठ रन बनाएका थिए । ६.१ ओभरमा आसिफ आउट हुँदा नेपाल १९/२ को स्थितिमा थियो ।

७.६ ओभरमा रोहित आउट हुँदा नेपाल २२/३ को स्थितिमा थियो । रोहितलाई मुस्तफाले ‘बोल्ड’ गरेका थिए ।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षाका कारण फाइनल खेल प्रभावित बनेपछि बाँकी खेल आज भएको हो । दुई पटक वर्षाले प्रभावित खेलमा यूएईले ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल स्थगित भएको थियो । आज त्यहीबाट पुनः खेल सुरु भएको थियो । यूएईले बाँकी खेलमा ११ रन थपेर अलआउट भयो ।

यो खेल जितेसँगै नेपाल च्याम्पियन बन्नेछ र आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुने छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता