२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जित नजिक नेपाल, जितका लागि २१ ओभरमा १६ रन आवस्यक

२०८०, १९ बैशाख मंगलवार ०५:५७

बैशाख १९, काठमाडौँ | हिजो (सोमबार) वर्षाका कारण  रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल आज हुँदैछ । हिजो रोकिएकै चरणबाट बाँकी खेल आज सुरु भएको हो ।  फाइनल खेलका लागि यसअघि नै एक दिन थप ‘रिजर्भ डे’ राखिएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जितका लागि ११८ रनको लक्ष्य पछ्याएको नेपाललाई अब जितका लागि २१ ओभरमा १६ रन आवस्यक पर्ने भएको छ | जारि खेलमा नेपालले २९ ओभरमा १०२ रन बनाएर खेलिरहेको छ ।

युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध एसीसी प्रिमियर कपको फाइनलमा अलराउन्डर गुल्सन झा र भीम सार्कीले नेपालको इनिङ्स सम्हालेका छन् । यी दुईले चौथो विकेटका लागि ८१ रनको साझेदारी गरिसकेका छन् ।

२२/३ को स्थितिबाट गुल्सन र भीमले नेपालको इनिङ्स उकासेका हुन् । उनीहरूले ८१४१ बलमा ५० रनको साझेदारी गरेका छन् ।  गुल्सन क्रिजमा आउँदा नेपाल १/१ को स्थितिमा थियो ।

नेपालका ओपनर कुशल भुर्तेल र कप्तान रोहितकुमार पौडेल समान एक रन बनाएर पवेलियन फर्किएका थिए । अर्का ओपनर आसिफ शेख आठ रन बनाएर आउट भए ।

१.२ ओभरमा कुलश रोहन मुस्तफाको बलमा एलबीडब्ल्यू आउट हुँदा नेपाल १/१ को स्थितिमा थियो । नेपालले सातौँ ओभरको पहिलो बलमा ओपनर आसिफ शेखलाई गुमायो । आयान अफजल खानको बलमा एलबीडब्ल्यू आउट हुनुअघि आसिफले आठ रन बनाएका थिए । ६.१ ओभरमा आसिफ आउट हुँदा नेपाल १९/२ को स्थितिमा थियो ।

७.६ ओभरमा रोहित आउट हुँदा नेपाल २२/३ को स्थितिमा थियो । रोहितलाई मुस्तफाले ‘बोल्ड’ गरेका थिए ।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षाका कारण फाइनल खेल प्रभावित बनेपछि बाँकी खेल आज भएको हो । दुई पटक वर्षाले प्रभावित खेलमा यूएईले ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल स्थगित भएको थियो । आज त्यहीबाट पुनः खेल सुरु भएको थियो । यूएईले बाँकी खेलमा ११ रन थपेर अलआउट भयो ।

यो खेल जितेसँगै नेपाल च्याम्पियन बन्नेछ र आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुने छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने