२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा छनौट

२०८०, १९ बैशाख मंगलवार ०५:५९

वैशाख १९, काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा यूएईले दिएको ११८ रनको लक्ष्य भेटाएर नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा छनौट भएको छ । नेपालले युएई बिरुद्धको खेलमा ७ विकेटले जित निकालेको हो । 

सुरुवाती ब्याटिङ गरेको युएई ३३.१ ओभरमै अलआउट हुँदै ११७ रनमात्र बनाएको थियो । जवाफमा नेपालले ३ विकेटको क्षेतीमा ३०.३ ओभरको खेलमा युएईले दिएको लक्ष्य पुरा गर्न सफल भयो । नेपालको जितको लागि गुल्सन झाले ६७ रनको योगदान दिए भने भीम सार्कीले ३६ रनको योगदान दिए । 

यसअघि कप्तान रोहित पौडेल १ रन बनाएर रोहन मुस्तफाको शिकार बनेका थिए । त्यस्तै सातौँ ओभरमा आशिफ शेख ८ रन बनाएर आउट भएका थिए । आयन अफजल खानको बलमा उनी एल्बीडब्लू आउट भए । दोस्रो ओभरमा नै कुशल भुर्तेल १ रन बनाएर मुस्तफाकै बलमा आउट भएका थिए । त्यसपछि भिम र गुलसनको पार्टनरसीपलाई युएईले तोड्न सकेन ।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षाका कारण फाइनल खेल प्रभावित बनेपछि बाँकी खेल आज भएको हो । सोमबारनै दुई पटक वर्षाले प्रभावित खेलमा यूएईले ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल स्थगित भएको थियो । आज त्यहीबाट पुनः खेल सुरु भएको थियो । यूएईले बाँकी खेलमा ११ रन थपेर अलआउट भएको थियो । 

सोमबार र मंगलबार भएको खेलमा यूएईलाई सस्तोमा समेट्न ललित राजवंशीले ४ विकेट लिएका थिए । त्यस्तै करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिए । 

आजको जितसंगै नेपाल आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा