ओसासुनालाई हराउँदै रियल म्याड्रिड बन्यो कोपा डेल रे च्याम्पियन

Posted on: 07 May, 2023

बैशाख २४, काठमाडौं | कोपा डेल रे फुटबल प्रतियोगिताको उपाधि रियल म्याड्रिडले जितेको छ । 

शनिबार राति खेलिएको फाइनल खेलमा रियलले ओसासुनालाई २—१ गोलले हराउँदै उपाधि जितेको हो ।

रियलको जितमा २२ वर्षीय ब्राजिलियन खेलाडी रोड्रिगो नायक बने । उनले टोलीलाई उपाधि दिलाउन दुबै गोल  गरेका थिए ।

 

खेल सुरु भएको २ मिनेटमै रोड्रिगोले टोलीका लागि पहिलो गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा रियल १—० ले अगाडि रह्यो । निर्धारित समयको ५८औं मिनेटमा ओसासुनाका लुकास टोरोले जवाफी गोल फर्काएका थिए ।

टोरोको गोलपछि खेल १-१ मा थप रोमाञ्चक बन्न पुगेको थियो । त्यसपछि खेलको ७०औं मिनेटमा रोड्रिगोले नै अर्को गोल थप्दै रियललाई उपाधि दिलाए । यसअघि सन् २०१४ मा रियल मड्रिडले कोपा डेल रे कप जितेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!