२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

इन्डियन प्रिमियर लिग (IPL)मा पञ्जाबविरुद्ध कोलकाताको सानदार जित

२०८०, २६ बैशाख मंगलवार ०३:१७

बैशाख २६, काठमाडौं | इन्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार राति खेलिएको खेलमा कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्सलाई ५ विकेटले हराएको छ । 

टस जितेर पहिलो ब्याटिङ रोजेको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । जवाफी ब्याटिङमा कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८२ रन बनाउँदै जित हासिल गरेका हुन् ।

कोलकाताको जितमा कप्तान राणाले ३८ बलमा ५१ रनको बनाए भने आन्द्रे रसेलले आक्रामक ब्याटिङको प्रदर्शन गर्दै २३ बलमा ३ छक्का र ३ चौका प्रहार गरि ४२ रन बनाएका थिए | सोही योगदानका कारण उनी म्यान अफ दि म्याच पनि घोषित भए ।


त्यस्तै, ओपनर ब्याट्सम्यान जासन रोयले ३८ रन, रिंकु सिंहले १० बल अविजित २२ रन र ओपनर रहमुल्लाह गुर्बाजले १५ रन जोडे । पञ्जाबका लागि बलर राहुल चाचरले २ विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको पञ्जाबका लागि कप्तान धवनले ४७ बलमा ५७ रन बनाएका थिए । जितेश शर्माले २१ र मसुद शाहरुख खानले अविजित २१ रन जोडे । ऋषि धवनले १९ रन बनाए । कोलकाताका लागि बलर वरुण चक्रवर्थीले ३ र हर्षित राणाले २ विकेट लिए । नितिश राणा र सुयष शर्माले पनि १÷१ विकेट हात पारे ।

११ खेल खेलेको कोलकाता १० अंकसहित तालिकाको पाँचौं स्थानमा छ । भने ११ खेल खेलेको पञ्जाब १० अंकसहित तालिकाको सातौं स्थानमा छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने