२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पीएसजी छाड्दै विश्वकीर्तिमानी रकममा साउदी क्लब जाँदै मेस्सी

२०८०, २६ बैशाख मंगलवार ११:२४

वैशाख २६, काठमाडौं | अर्जेन्टिनी सुपरस्टार फुटबर लियोनल मेस्सी विश्वकीर्तिमानी रकममा साउदी अरबको टिममा आवद्ध हुन लागेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार साउदी क्लव ‘अल हिलाल’ सँग उनको मौखिक सहमति भइसकेको छ ।

हालै आफ्नो देशलाई विश्वविजेता बनाएका ३५ वर्षीय लिजेन्डले फ्रेन्च क्लव पेरिस सेन्ट-जर्मेन (पीएसजी) छोडेर साउदी क्लब रोज्न लागेका हुन् । उनलाई भित्र्याउन अल हिलालले ५२२ मिलियन पाउन्ड (करिब ६५ करोड ८८ लाख डलर) खर्चिन लागेको एएफपीले जनाएको छ । समाचार अनुसार मेस्सीले सम्झौतामा हस्ताक्षर भने गरिसकेका छैनन् ।

मेस्सीले पाउन लागेको रकम अहिलेसम्म कुनै पनि खेलाडीका लागि सबैभन्दा ठूलो हो । यसअघि पोर्चुगलका सुपरस्टार रोनाल्डोलाई साउदी क्लव अल-नासरले वार्षिक २१ करोड ५० लाख डलरमा किनेको थियो । मेस्सीले पाउन लागेको रकम रोनाल्डोको भन्दा निकै बढी हो । अल नासर र अल हिलाल साउदीका प्रतिस्पर्धी क्लवका रुपमा चिनिन्छन् ।

मेस्सीको साउदी आगमनले फुटबल मैदानमा दुई हस्तिहरुको टकराव प्रतिस्पर्धा फेरि पुनर्जिवित हुने भएको छ । बढ्दो उमेरका बाबजुद दुवै खेलाडी उच्च फर्ममा छन् । पीएसजीसँग मेस्सीको सम्झौता यही समरको ३० जुनसम्म छ । मेस्सीको सम्भावित ट्रान्सफरलाई लिएर पीएसजीले कुनै प्रतिक्रिया दिएको छैन । समाचारहरुमा आए अनुसार मेस्सीकी पत्नी एन्टोनेला रोकुजो भने क्लव परिवर्तनको पक्षमा थिइनन् ।

मंगलबारमात्र उनले ‘आफ्नो परिवार साउदी जाने कुरा कल्पनै गर्न नसक्ने’ बताएकी थिइन् । श्रीमान् र ३ छोरासहित यूरोपमै बस्ने उनको चाहना थियो । तर, करिअरको उत्तरार्द्धमा रहेका मेस्सीले अब रेकर्ड राख्न बाँकी खासै केही बाँकी नभएकाले पैसालाई प्राथमिकता दिएका छन् । एएफपीले स्रोतलाई उद्धृत गर्दै मेस्सीले साउदीमा अर्को सिजनबाट फुटबल खेल्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने