५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

इन्डियन प्रिमियर लिग (IPL): बैंगलोरलाई हराउँदै मुम्बई तेस्रो स्थानमा उक्लियो

२७ बैशाख २०८०, बुधबार ०३:०५

वैशाख २७, काठमाडौं | इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले हराएको छ |

टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९९ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा मुम्बईले १६.३ ओभरमै ४ विकेट गुमाएर २०० रन बनाउँदै जित हासिल गरेका हुन् ।

घरेलु मैदान वाङखडे स्टेडियममा सूर्य कुमार यादव र नेहाल वाडेराले उत्कृष्ट गरेका हुन् | सूर्य कुमारले ३५ बलमा सर्वाधिक ८३ रन बनाए । नेहालले अविजित ३४ बलमा  ५२ रन बनाए। त्यस्तै ओपनर इशन कसनले २१ बलमा ४२ रन जोडे ।


बेंगलोरका वानिन्दु हसरंगा र विजकुमार वैशाखले समान २ विकेट लिए ।

बेंगलोरका लागि ग्लेन म्याक्सवेल र कप्तान फाप डु प्लेसिसले अर्धशतक प्रहार गरे । म्याक्सवेलले ३३ बलमा सर्वाधिक ६८ रन बनाए । डु प्लेसिसले ४१ बलमा ६५ रन जोडे । १६ रनमै दुई विकेट गुमाएको बेंगलोरका लागि म्याक्सवेल र डु प्लेसिसले १२० रनको साझेदारी गरेका थिए । त्यस्तै दिनेश कार्तिकले ३० रन बनाए ।

मुम्बईका लागि ज्यासन बेहरनडोर्फले ३ तथा क्यामरुन ग्रीन, क्रिस जोर्डन र कुमार मार्थिकेयाले समान १-१ विकेट लिए ।

छैटौं जितपछि मुम्बई ११ खेलबाट १२ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ भने पराजित बेंगलोर ११ खेलबाट १० अंकसहित सातौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता