२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालले टी-२० विश्वकपको एसिया छनोट आयोजना गर्ने

२०८०, ३१ बैशाख आईतवार ११:०३

वैशाख ३१, काठमाडौँ | नेपालले एसिया क्षेत्रका लागि टी-२० विश्वकप छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपालले सन् २०२४ को जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि एसियाली क्षेत्रीय छनोट प्रतियोगिता आयोजना गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट अनुमति पाएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आगामी नोभेम्बर १ देखि १० सम्म एसियामा हुने टी-२० विश्वकप छनोट प्रतियोगिता आयोजना गर्न आईसीसीले अनुमति दिएको जानकारी दिनुभयो । नेपालसँगै युएई, ओमान एसिया छनोटमा हङकङ, बहराइन र सिङ्गापुर प्रतिस्पर्धा गर्दैछन् । बाँकी दुई छनोट चरणमा प्रवेश गर्नेछन्।


सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनल पुग्ने टोली अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि छनोट हुनेछन् । चन्दका अनुसार प्रतियोगिताका खेल टियु क्रिकेट मैदान, कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुनेछन् । युएईले पनि प्रतियोगिता आयोजना गर्ने दाबी गरेको छ । नेपालले पहिलो पटक आईसीसीको यस्तो ठूलो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

आयोजक अमेरिका र वेस्ट इन्डिज सन् २०२४ को विश्वकपका लागि प्रत्यक्ष छनोट भएका छन् । सन् २०२२ मा अष्ट्रेलियामा भएको अन्तिम ट्वान्टी-२० विश्वकपमा शीर्ष ८ राष्ट्र अष्ट्रेलिया, इंग्ल्याण्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका पनि अर्को वर्ष हुने टी-२० विश्वकपका लागि छनोट भएका छन् ।

यसका साथै विश्व ट्वान्टी-२० वरियतामा शीर्ष स्थानमा रहेका अफगानिस्तान र बंगलादेशले पनि टी-२० विश्वकपमा स्थान बनाएका छन् । टी-२० विश्वकपमा पहिलो पटक २० राष्ट्र सहभागी हुनेछन् । टी-२० विश्वकपमा एसियासँगै अफ्रिका र युरोपबाट २-२ टोली र अमेरिका र पूर्वी एसिया प्रशान्त क्षेत्रबाट छनोट गरिएका १-१ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार एसीसी प्रिमियर कप भएका दुई मैदान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी मैदानमा छनोटका खेलहरु आयोजना गरिनेछ । चन्दले टी-२० विश्वकपको एसिया छनोटका लागि जिम्मा पाइसकेको र अन्य सम्झौताहरु हुँदै जाने बताए । साथै मैदानमा पनि सुविधाहरु थप्ने उनले बताए । आयोजनास्थलको निरिक्षणका लागि आईसीसीको टोली पनि नेपाल आउनेछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे