२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

गिलको शतकमा प्लेअफमा पुग्ने पहिलो टोली बन्यो गुजरात, बाहिरियो हैदराबाद

२०८०, २ जेष्ठ मंगलवार ०३:०६

जेठ २, काठमाडौं | इन्डियन प्रिमियर लिग (आईपीएल)मा साविक विजेता गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई ३४ रनले पराजित गरेको छ । 

यस जितपछि गुजरातले एक खेल बाँकी छँदै प्लेअफमा चरणमा पुगेको छ | गुजरात १३ खेलबाट १८ अंक जोडेको शीर्ष स्थानमा छ । गुजरातले लिग चरणको अन्तिम खेल बैंगलोरसँग खेल्नेछ |

हैदरावाद भने लिग चरणबाट बाहिरिने दोस्रो टिम बनेको छ । यसअघि नै दिल्ली क्यापिटल्स लिगबाट बाहिरिसकेको छ ।

घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले गिलको सानदार शतकमा ९ विकेट गुमाएर १८८ रन बनाएको थियो । 

जवाफी ब्याटिङमा ओर्लिएको हैदराबादले भने निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ५४ रनमात्र बनाउन सक्यो ।

गुजरातका लागि गिले र साई सुदर्शनसँग मिलेर १४७ रनको साझेदारी गरे । गिलले ५८ बल १०१ रन बनाए भने साई सुदर्शनले ३६ बलमा ४७ रन बनाए ।


अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन्। हैदरावादका लागि बलर भुवनेश्वर कुमारले ४ ओभरमा ३० रन खर्चेर ५ विकेट लिए ।

जवाफी ब्याटिङमा ओर्लिएको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५४ रन मात्र बनायो । हैदरावादका लागि हेनरिच क्लासेनले ४४ बलमा सर्वाधिक ५४ रन बनाए । भुवनेश्वर कुमारले २७ रन बनाए।

गुजरातका लागि बलर मोहम्मद शामीले ४ ओभरमा ४ विकेट लिए । यस्तै मोहित शर्माले ४ ओभरमा ४ विकेट लिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने