५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रियल म्याड्रिडलाई हराउदै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा

४ जेष्ठ २०८०, बिहीबार ०३:५२

जेठ ४, काठमाडौं | इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । म्यानचेस्टर सिटीले बुधबार राति खेलिएको सेमिफाइनलको दोस्रो लेग खेलमा स्पेनिस पावर हाउस रियल म्याड्रिडलाई ४—० गोलको फराकिलो अन्तरले हरायो ।

म्यानचेस्टर सिटी समग्रमा ५—१ गोलको अन्तरले फाइनलमा पुगेको हो । अघिल्लो साता रियल म्याड्रिडको घरेलु मैदानमा खेलिएको सेमिफाइनलको पहिलो लेग खेल १—१ गोलको बराबरीमा सकिएको थियो ।

यसपटक म्यानचेस्टर सिटी उच्च मनोबलका साथ पहिलो च्याम्पियन्स लिगउपाधि जित्ने योजनामा लागेको देखिन्छ । घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेग खेलमा प्रारम्भदेखि नै म्यानचेस्टर सिटीले रियल म्याड्रिडलाई दबाबमा राखेको थियो ।   

म्यानचेस्टर सिटीका लागि सुरुको २ गोल २८ वर्षीय पोर्चुगिज मिडफिल्डर बेनार्डो सिल्भाले गरेका थिए । खेल सुरु भएको २३औं मिनेटमा उनले पहिलो गोल गरेर सिटीलाई अग्रता दिलाए । त्यसपछि निर्धारित समयको ३७ मिनेटमा गोल गर्दै सिल्भाले नै सिटीलाई पहिलो हाफमै २—० को अग्रता दिलाएका थिए ।


खेलको ७६औं मिनेटमा २७ वर्षीय स्विस खेलाडी म्यानुयल अकान्जीले सिटीका लागि तेस्रो गोल थपेका थिए । दोस्रो हाफको इन्जुरी समयमा जुलियन अल्भारेजले टोलीका लागि चौथो गोल गर्दै जित हासिल गरे। 

यो सिजन लयमा देखिएको म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगको उपाधि पनि जित्ने अभियानमा छ ।


प्रिमियर लिग तालिकाको पहिलो स्थानमा रहेको म्यानचेस्टर सिटीले ३५ खेलबाट ८५ अंक पाएको छ ।

च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्टर सिटीले इटालियन सिरिए क्लब इन्टर मिलानसँग भिडन्त गर्नेछ । फाइनल खेल आगामी जुन १० तारिखमा टर्कीको इस्तानबुलमा खेलिने छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता