२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

IPL: विराट कोहलीको शतकमा बैंगलोर विजयी, प्लेअफ सम्भावना कायमै

२०८०, ५ जेष्ठ शुक्रबार ०३:२०

जेठ ५, काठमाडौं | इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको बिहीबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गरेको छ । जितसँगै बैंगलोर अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

यस जितसंगै बैंगलोरले प्लेअफ चरणमा पुग्ने सम्भावना पनि कायमै राखेको छ । 

बिहीबार राति भएको खेलमा टस हारी पहिलो ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बैंगलोरले १९.२ ओभरमा केवल २ विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो ।

बैंगलोरको जितमा विराट कोहली र कप्तान फाफ डु प्लेसिस नायक बने । टोलीका लागि कोहलीले १ सय रनको योगदान गरे भने डु प्लेसिसले ७१ रन बनाए । यी दुबै अनुभवी ब्याट्सम्यानले १ सय ७२ रनको साझेदारी गरेका थिए ।


कोहलीले ६३ बलको सामना गरी ४ छक्का र १२ चौकाको मद्दतमा १०० रन बनाए भने  डु प्लेसिसले ४७ बलको सामना गरी २ छक्का ७ चौका प्रहार ७१ रन बनएका थिए । ग्लेन म्याक्सवेल अविजित ५ र मिचेल ब्रासवेल अविजित ४ रन बनाउँदै क्रिजमा थिए ।

हैदराबादका बलर भुवनेश्वर कुमार र थंगारासु नटराजनले १÷१ विकेट लिए । 

त्यसअघि पहिलो ब्याटिङ गरेको हैदराबादका लागि हेनरिच क्लासेनले सतकिय परि खेलेको थिए । क्लासेनले टोलीका लागि ५१ बलको सामना गरी ६ छक्का र ८ चौका प्रहार गरि  १ सय ४ रनको योगदान गरेका थिए । 

ह्यारी ब्रुकले अविजित २७ रन जोडेका थिए । अन्य ब्याट्सम्यानको प्रदर्शन भने सन्तोषजनक रहेन । बैंगलोरका लागि बलर मिचेल ब्रासवेलले २ विकेट लिए ।

बैंगलोरले हालसम्म १३ खेल खेलेर १४ अंक जोडेको छ । बैंगलोरले लिग चरणको आफ्नो अन्तिम खेल ‘लिग लिडर’ गुजरात टाइटन्ससँग खेल्नेछ ।

उक्त खेल बैंगलोरको घरेलु मैदानमा मे २१ तारिखमा खेलिने छ । प्लेअफ चरणमा पुग्न बैंगलोरले उक्त खेल पनि जित्नु आवश्यक छ । 

हैदराबाद भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । १३ खेलबाट ८ अंक जोडेको हैदराबाद तालिकामा सबैभन्दा तल छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ