५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकप फुटबलको लोगो सार्वजनिक

५ जेष्ठ २०८०, शुक्रबार ०९:२१

जेठ ५, काठमाडौँ | विश्वकप फुटबल प्रतियोगिताको २३ औँ संस्करणको लोगो सार्वजनिक गरिएको छ । प्रतियोगिताको मुख्य आयोजक विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार एक भव्य समारोहबीच विश्वकपको लोगो सार्वजनिक गरेको हो ।

आगामी विश्वकप उत्तर अमेरिकी राष्ट्र संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्दैछन् । तीनवटा राष्ट्रले संयुक्त रूपमा विश्वकप आयोजना गर्न लागेको भने यो पहिलो पटक हो ।


विश्वकपको लोगो सार्वजनिक गर्न आयोजित समारोहमा फिफाका पदाधिकारी, स्थानीय आयोजकका प्रतिनिधि, चर्चित खेलाडी र विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो । यसपटक लोगोमा विश्वकपको ट्रफीलाई पनि समावेश गरिएको छ । विश्वकप फुटबलको इतिहासमा पहिलो पटक लोगोमा विश्वकप ट्रफीलाई चित्रण गरिएको हो ।

आगामी विश्वकप सन् २०२६ मा आयोजना हुने भएकाले २ र ६ अक्षरको माथि विश्वकप ट्रफी राखेर ट्रफीको तल फिफा लेखिएको छ ।

लोगो सार्वजनिक गर्न आयोजित कार्यक्रममै फिफाले ‘वी आर २६’ अभियान पनि सुरु गरेको छ । यो अभियानले सन् २०२६ को विश्वकपको प्रचारप्रसारमा सहयोग पुग्ने विश्वास फिफाले लिएको छ ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले ‘वी आर २६’ अभियान निकै महत्त्वपूर्ण भएको बताए । ‘यसको अर्थ विश्वकपमा तीन आयोजकहरू एक भएर सन् २०२६ मा विश्वभरका खेलाडी, पाहुना र समर्थकलाई स्वागत गर्न आतुर छौँ भन्ने सन्देश दिएको छ,’ उनले भने ।

आगामी विश्वकपका खेलहरू तीन राष्ट्रका १६ वटा सहरमा खेलाइने भएको छ । अमेरिकाका ११ वटा सहरका रङ्गशालामा विश्वकपका खेलहरू खेलाइने फिफाले जनाएको छ । यसैगरी मेक्सिकोका तीन र क्यानडाका दुईवटा सहरका रङ्गशालामा विश्वकपका खेलहरू खेलाइने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता