२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बागमती प्रदेश खेलकुद प्रतियोगिता आजदेखि

२०८०, ७ जेष्ठ आईतवार ०८:३४

जेठ ७, हेटौँडा | मकवानपुरको हेटौँडामा आजदेखि बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको दोस्रो संस्करण सुरु हुँदै छ । प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुन लागेको सो प्रतियोगिताको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुहुने छ । 


परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीका अनुसार प्रतियोगिताको उद्घाटन हेटौँडा उपमहानगरपालिका–५ पिप्ले क्याम्पा रङ्गशालामा गर्ने तय भएको छ । प्रतियोगितामा सहभागी हुन खेलाडी, प्रशिक्षक, निर्णायक, खेल पदाधिकारीलगायत हेटौँडा आइसकेका छन् । प्रतियोगितामा १३ खेल समावेश गरिएका छन् । उसु, जुडो र पौडी खेल काठमाडौँ तथा ललितपुरमा खेलाइने छन् । 

यस्तै क्रिकेट चितवनमा खेलाइने सदस्य सचिव भण्डारीले बताउनुभयो । फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, रग्बी, ब्याडमिन्टन र आइटिएफ तेक्वान्दो हेटौँडाका विभिन्न खेल मैदानमा खेलाइने छन् । प्रतियोगितामा एक हजार ७५ महिला र एक हजार चार सय २७ पुरुष खेलाडी सहभागी हुँदैछन् । यस्तै एक सय ७३ प्रशिक्षक, एक ४२ व्यवस्थापक, दुई सय ७६ निर्णायकलगायत प्रतियोगितामा सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ