५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विराटको शतकमा गिलको शतक भारी, गुजरातको जितले मुम्बई प्लेअफमा

८ जेष्ठ २०८०, सोमबार ०३:३५

जेठ ८, काठमाडौँ | शुभमन गिलको शतकको मद्दतले इन्डियन प्रिमियर लिगको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गरेको छ । आइतबार राति भएको खेलमा गुजरातले बैंग्लोरले प्रस्तुत गरेको १९८ रनको लक्ष्य ४ विकेटको क्षतिमा ५ बल अगावै पुरा गरेको हो ।

बेंगलोर (RCB) को सपना फेरि टुटेको छ | प्लेअफ पुग्न बेंगलोरलाई यो खेल जित्नैपर्ने थियो । तर १९७ रन बनाउँदा पनि पराजित भएपछि बेंगलोर शीर्ष चारमा पुग्न सकेन र लिगबाट बाहिरियो । गुराजतको जीतसँगै मुम्बई इन्डियन्सले पनि प्रतियोगिताको प्लेअफमा स्थान बनाउन सफल भएको छ । 

आइतबार नै भएको खेलमा मुम्बईले हैदरावादलाई हराएको थियो ।

गुजरातका लागि ओपनर गिलले ५२ बल खेल्दै ५ चौका र ८ छक्का मदतमा अविजित १०४ रन बनाए । यस सिजन यो उनको दोस्रो शतक हो । गिलले विजय शंकरसँग १२३ रनको साझेदारी गरेका थिए | विजय शंकरले ३५ बलमा ५३ रन बनाएका थिए | बैंग्लोरका लागि बलर मोहम्मद सिराजले २ विकेट लिए । 

यसअघि, घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले कोहलीको अविजित शतक मदतमा पाँच विकेट गुमाएर १९७ रन बनाएको थियो । कोहलीले ६१ बल खेल्दै १३ चौका र एक छक्का मदतमा अविजित १०१ रन बनाए । कप्तान फाफ डु प्लेसिसले २८ तथा माइकल ब्रेसवेलले २६ रनको बनाएका थिए। गुजरातका लागि बलर नुर अहमदले २ विकेट लिए भने मोहम्मद शामी, यश दयाल र रासिद खानले समान एक विकेट लिए ।

 त्यस्तै, चेन्नई सुपर किंग्स र लखनउ सुपर जायन्ट्स पनि प्लेअफमा पुगेका छन् । अब फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा गुजरात र  दोस्रो स्थानको चेन्नाइ सुपर किंग्स भिड्ने छन् भने  तेस्रो भएको लखनउ सुपर जायन्ट्स  र चौथो भएको मुम्बइबीच एलिमिनेटर खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता