२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालले यू–२३ एसिया क्लालिफायर नखेल्ने !

२०८०, ९ जेष्ठ मंगलवार ०९:१९

जेठ ९, काठमाडौँ | अखिल नेपाल फुटबल संघ एन्फाले सन् २०२४ मा हुने यू–२३ एसिया कपको छनोट प्रतियोगितामा टिम समावेश नगर्ने भएको छ ।

एन्फा प्रवक्ता सुरेश शाहले आर्थिक अभाव र वार्षिक योजनाको रणनीतिमा नपरेका कारण यसपल्ट टिम समावेश नगर्ने निर्णय भएको जानकारी दिए । विगतमा नेपालले नियमित रुपमा यू–२३ एसिया कप छनोट खेलिरहेको थियो । राष्ट्रिय टिममा युवा खेलाडीको बर्चश्व हुँदा उनीहरुको एक्स्पोजरका लागि पनि यू–२३ प्रतियोगिता महत्वपूर्ण थियो ।

तर, पदाधिकारीको सेवा सुविधा बढाएको भनेर आलोचित भइरहेको एन्फा प्रतियोगिताका लागि टिमको नाम नै दर्ता नगर्ने अर्को आत्मघाती निर्णयमा पुगेको छ ।

‘राष्ट्रिय टिमको प्रदर्शन हाम्रो प्राथमिकता हो । अक्टोबरमाा विश्वकप छनोटका खेलहरु हुँदैछन् । त्यसैले हामीले तुलनात्मक रुपमा एउटा प्रतियोगिता छाड्ने निर्णय गरेका हौं,’ एन्फा प्रवक्ता सुरेश शाह भन्छन्, ‘रणनीतिक रुपमा हामीसँग यो वर्ष यू–२३ को कार्यक्रमका लागि बजेट र योजना पनि थिएनन् ।’

नेपालमा अहिले घरेलु लिग चलिरहेको छ । यू–२३ एसिया कप क्लालिफायर ४–१२ सेप्टेम्बरमा हुँदैछ । दुई महिनाअघि सम्पन्न प्रधानमन्त्री कप त्रिदेशीय फुटबलको फाइनलमा लाओसलाई पराजित गरेपछि नेपाल टिमका प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एनेसले युवा टिमलाई एक्स्पोजरको आवश्यकता रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा