५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालले यू–२३ एसिया क्लालिफायर नखेल्ने !

९ जेष्ठ २०८०, मंगलवार ०९:१९

जेठ ९, काठमाडौँ | अखिल नेपाल फुटबल संघ एन्फाले सन् २०२४ मा हुने यू–२३ एसिया कपको छनोट प्रतियोगितामा टिम समावेश नगर्ने भएको छ ।

एन्फा प्रवक्ता सुरेश शाहले आर्थिक अभाव र वार्षिक योजनाको रणनीतिमा नपरेका कारण यसपल्ट टिम समावेश नगर्ने निर्णय भएको जानकारी दिए । विगतमा नेपालले नियमित रुपमा यू–२३ एसिया कप छनोट खेलिरहेको थियो । राष्ट्रिय टिममा युवा खेलाडीको बर्चश्व हुँदा उनीहरुको एक्स्पोजरका लागि पनि यू–२३ प्रतियोगिता महत्वपूर्ण थियो ।

तर, पदाधिकारीको सेवा सुविधा बढाएको भनेर आलोचित भइरहेको एन्फा प्रतियोगिताका लागि टिमको नाम नै दर्ता नगर्ने अर्को आत्मघाती निर्णयमा पुगेको छ ।

‘राष्ट्रिय टिमको प्रदर्शन हाम्रो प्राथमिकता हो । अक्टोबरमाा विश्वकप छनोटका खेलहरु हुँदैछन् । त्यसैले हामीले तुलनात्मक रुपमा एउटा प्रतियोगिता छाड्ने निर्णय गरेका हौं,’ एन्फा प्रवक्ता सुरेश शाह भन्छन्, ‘रणनीतिक रुपमा हामीसँग यो वर्ष यू–२३ को कार्यक्रमका लागि बजेट र योजना पनि थिएनन् ।’

नेपालमा अहिले घरेलु लिग चलिरहेको छ । यू–२३ एसिया कप क्लालिफायर ४–१२ सेप्टेम्बरमा हुँदैछ । दुई महिनाअघि सम्पन्न प्रधानमन्त्री कप त्रिदेशीय फुटबलको फाइनलमा लाओसलाई पराजित गरेपछि नेपाल टिमका प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एनेसले युवा टिमलाई एक्स्पोजरको आवश्यकता रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता