४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टुंगियो एसिया कप क्रिकेटको विवाद : नयाँ ‘हाइब्रिड मोडेल’ मा भारत सहमत

१० जेष्ठ २०८०, बुधबार ०९:१३

जेठ १०, काठमाडौँ | एसिया कप क्रिकेटको विषयमा लामो समयदेखि चल्दै आएको विवाद टुंगिने संकेत देखिएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले अगाडि सारेको एसिया कप सम्बन्धी नयाँ ‘हाइब्रिड मोडेल’ मा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) पनि सहमत देखिएको छ ।

नयाँ ‘हाइब्रिड मोडेल’ मा बीसीसीआई पनि सकारात्मक देखिएपछि एसिया कप निर्धारित समयमै आयोजना हुने सम्भावना बढेको हो । तर, पीसीबीको नयाँ ‘हाइब्रिड मोडेल’ मा सहमति जनाए बापत बीसीसीआईले पीसीबीसँग विश्वकपको विषयमा लिखित प्रतिबद्धता खोजेको छ ।

बीसीसीआईका अनुसार पाकिस्तानले पनि भारतमा आयोजना हुने एकदिवसीय विश्वकपमा सहभागिता जनाउने लिखित प्रतिबद्धता जनाउनु पर्नेछ । एसिया कपमा सहभागी अन्य राष्ट्रहरुले भने यसअघि नै पीसीबीद्वारा अघि सारिएको नयाँ ‘हाइब्रिड मोडेल’प्रति समर्थन जनाइसकेका छन् ।


बीसीसीआई र पीसीबी दुबै सकारात्मक देखिएपछि अब प्रतियोगिताको मुख्य आयोजक एसियाली क्रिकेट काउन्सिल (एसीसी)को बैठकले यस विषयमा अन्तिम निर्णय गर्ने बताइएको छ । त्यसअघि मे २७ तारिखमा अहमादाबादमा बस्ने बीसीसीआईको विशेष बैठकले यसलाई लिखित रुपमा पारित गर्ने बताइएको छ ।

यसअघि बीसीसीआईले एसिया कपको सबै खेल पाकिस्तानबाट अन्यत्र सारिनुपर्ने अडान राख्दै आएको थियो । बीसीसीआईको उक्त अडानको जवाफमा पीसीबीले पनि भारतमा आयोजना हुने एकदिवसीय विश्वकप बहिष्कार गर्ने चेतावनी दिएको थियो । त्यसबाहेक एसिया कपमा सहभागी अन्य राष्ट्रले समेत पीसीबीको नयाँ ‘हाइब्रिड मोडेल’ मा समर्थन जनाएपछि बीसीसीआई दबाबमा परेको थियो ।

पीसीबीले अगाडि सारेको नयाँ ‘हाइब्रिड मोडेल’ मा आगामी एसिया कपलाई २ भागमा विभाजन गरेर खेलाउने उल्लेख गरिएको छ । प्रतियोगिताको पहिलो चरणमा भारतबाहेक अन्य सबै टोलीले आफ्नो प्रारम्भिक खेल खेल्नेछन् ।

त्यसपछि दोस्रो चरणमा सबै टोलीले भारतसँगको खेल पाकिस्तान बाहिर ‘न्यूट्रल भेन्यू’मा खेल्नेछन् । ‘न्यूट्रल भेन्यू’का रुपमा संयुक्त अरब इमिरेट्स (यूएई) र श्रीलंकालाई प्राथमिकतामा राखिएको बताइएको छ । तर, बीसीसीआई, बंगलादेश क्रिकेट बोर्ड र श्रीलंका क्रिकेट बोर्डले भने यूएईमा खेल्न अस्वीकार गर्दै आएका छन् ।

उनीहरुले अत्यधिक गर्मी हुने भएकाले यूएईको विकल्प खोजिनुपर्ने बताएका छन् । त्यसैले ‘न्यूट्रल भेन्यू’का रुपमा श्रीलंकालाई छनोट गरिने सम्भावना बढी छ । पीसीबीको नयाँ ‘हाइब्रिड मोडेल’मा प्रतियोगिताको फाइनल खेल पनि ‘न्यूट्रल भेन्यू’मै खेलाउने प्रस्ताव गरिएको छ । यसको अर्थ भारत फाइनलमा नपुगे पनि प्रतियोगिताको फाइनल खेल ‘न्यूट्रल भेन्यू’मै हुनेछ ।

एसीसीको बैठकले पीसीबीको यो प्रस्तावलाई पारित गरेपछि सम्भवतः आगामी जुनमा एसिया कपको खेल तालिका सार्वजनिक गरिने छ । एसिया कप क्रिकेट सेप्टेम्बरमा आयोजना हुने भनिएको छ । प्रतियोगितामा नेपालसहित ६ राष्ट्र सहभागी हुँदैछन् । नेपाल, भारत र पाकिस्तान प्रतियोगिताको समूह ‘ए’मा छन् । श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह ‘बी’मा परेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ