२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टुंगियो एसिया कप क्रिकेटको विवाद : नयाँ ‘हाइब्रिड मोडेल’ मा भारत सहमत

२०८०, १० जेष्ठ बुधबार ०९:१३

जेठ १०, काठमाडौँ | एसिया कप क्रिकेटको विषयमा लामो समयदेखि चल्दै आएको विवाद टुंगिने संकेत देखिएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले अगाडि सारेको एसिया कप सम्बन्धी नयाँ ‘हाइब्रिड मोडेल’ मा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) पनि सहमत देखिएको छ ।

नयाँ ‘हाइब्रिड मोडेल’ मा बीसीसीआई पनि सकारात्मक देखिएपछि एसिया कप निर्धारित समयमै आयोजना हुने सम्भावना बढेको हो । तर, पीसीबीको नयाँ ‘हाइब्रिड मोडेल’ मा सहमति जनाए बापत बीसीसीआईले पीसीबीसँग विश्वकपको विषयमा लिखित प्रतिबद्धता खोजेको छ ।

बीसीसीआईका अनुसार पाकिस्तानले पनि भारतमा आयोजना हुने एकदिवसीय विश्वकपमा सहभागिता जनाउने लिखित प्रतिबद्धता जनाउनु पर्नेछ । एसिया कपमा सहभागी अन्य राष्ट्रहरुले भने यसअघि नै पीसीबीद्वारा अघि सारिएको नयाँ ‘हाइब्रिड मोडेल’प्रति समर्थन जनाइसकेका छन् ।


बीसीसीआई र पीसीबी दुबै सकारात्मक देखिएपछि अब प्रतियोगिताको मुख्य आयोजक एसियाली क्रिकेट काउन्सिल (एसीसी)को बैठकले यस विषयमा अन्तिम निर्णय गर्ने बताइएको छ । त्यसअघि मे २७ तारिखमा अहमादाबादमा बस्ने बीसीसीआईको विशेष बैठकले यसलाई लिखित रुपमा पारित गर्ने बताइएको छ ।

यसअघि बीसीसीआईले एसिया कपको सबै खेल पाकिस्तानबाट अन्यत्र सारिनुपर्ने अडान राख्दै आएको थियो । बीसीसीआईको उक्त अडानको जवाफमा पीसीबीले पनि भारतमा आयोजना हुने एकदिवसीय विश्वकप बहिष्कार गर्ने चेतावनी दिएको थियो । त्यसबाहेक एसिया कपमा सहभागी अन्य राष्ट्रले समेत पीसीबीको नयाँ ‘हाइब्रिड मोडेल’ मा समर्थन जनाएपछि बीसीसीआई दबाबमा परेको थियो ।

पीसीबीले अगाडि सारेको नयाँ ‘हाइब्रिड मोडेल’ मा आगामी एसिया कपलाई २ भागमा विभाजन गरेर खेलाउने उल्लेख गरिएको छ । प्रतियोगिताको पहिलो चरणमा भारतबाहेक अन्य सबै टोलीले आफ्नो प्रारम्भिक खेल खेल्नेछन् ।

त्यसपछि दोस्रो चरणमा सबै टोलीले भारतसँगको खेल पाकिस्तान बाहिर ‘न्यूट्रल भेन्यू’मा खेल्नेछन् । ‘न्यूट्रल भेन्यू’का रुपमा संयुक्त अरब इमिरेट्स (यूएई) र श्रीलंकालाई प्राथमिकतामा राखिएको बताइएको छ । तर, बीसीसीआई, बंगलादेश क्रिकेट बोर्ड र श्रीलंका क्रिकेट बोर्डले भने यूएईमा खेल्न अस्वीकार गर्दै आएका छन् ।

उनीहरुले अत्यधिक गर्मी हुने भएकाले यूएईको विकल्प खोजिनुपर्ने बताएका छन् । त्यसैले ‘न्यूट्रल भेन्यू’का रुपमा श्रीलंकालाई छनोट गरिने सम्भावना बढी छ । पीसीबीको नयाँ ‘हाइब्रिड मोडेल’मा प्रतियोगिताको फाइनल खेल पनि ‘न्यूट्रल भेन्यू’मै खेलाउने प्रस्ताव गरिएको छ । यसको अर्थ भारत फाइनलमा नपुगे पनि प्रतियोगिताको फाइनल खेल ‘न्यूट्रल भेन्यू’मै हुनेछ ।

एसीसीको बैठकले पीसीबीको यो प्रस्तावलाई पारित गरेपछि सम्भवतः आगामी जुनमा एसिया कपको खेल तालिका सार्वजनिक गरिने छ । एसिया कप क्रिकेट सेप्टेम्बरमा आयोजना हुने भनिएको छ । प्रतियोगितामा नेपालसहित ६ राष्ट्र सहभागी हुँदैछन् । नेपाल, भारत र पाकिस्तान प्रतियोगिताको समूह ‘ए’मा छन् । श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह ‘बी’मा परेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने