२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

काभा महिला भलिबल कपको उपाधि भारतलाई

२०८०, १४ जेष्ठ आईतवार ११:५६

जेठ १४, काठमाडौँ | काजकिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै भारतले काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सम्पन्न फाइनलमा भारत एक पक्षीय जित निकाल्दै च्याम्पियन बन्यो । पहिलो सेट २५-१५ ले जितेको भारतले प्रतिस्पर्धात्मक दोस्रो सेटमा काजकिस्तानलाई २५-२२ ले पछि पार्‍यो । प्रतियोगितामा बलियो मानिएको काजकिस्तान त्यसपछि कुनैपनि समय खेलमा फर्किन सकेन । तेस्रो सेट १८-२५ ले गुमाउँदै उपाधि भारतलाई सुम्पियो ।

जारी प्रतियोगितामा भारत सेमिफाइनलमा उज्वेकिस्तान र काजकिस्तान नेपाललाई हराउँदै फाइनल पुगेका थिए । भारतले जारी प्रतियोगितामा अपराजित रहँदै उपाधि उचालेको हो । यस्तै, आयोजक नेपाल आजै सम्पन्न तेस्रो स्थानको खेलमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराउँदै तेस्रो हुन सफल रह्यो ।

जेठ ८ गतेदेखि सुरू भएको प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता थियो । हरेक ४ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ए मा नेपाल, भारत, कीर्गिस्तान र बंगलादेश थिए ।

भने, समूह बी मा माल्दिभ्स, श्रृलंका, उज्वेकिस्तान र काजकिस्तान थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने