४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मलेसियाविरुद्ध नेपालको ७ विकेटको सहज जित

१६ जेष्ठ २०८०, मंगलवार ०६:०८

जेठ १६, काठमाडौँ | पाँच टी-२० खेलको शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियामाथि ७ विकेटको सहज जित हासिल गरेको छ ।

पहिलो खेलमा सोमबार ५० रनमै अलआउट भएपछि आलोचित बनेको नेपालले दोस्रो खेलमा संयमित प्रदर्शन गरेको हो ।

नेपालले पहिलो खेल ५ विकेटले गुमाएको थियो । योसँगै शृंखला बराबरीको अवस्थामा पुगेको छ । यूकेएम क्रिकेट ओभलमा मलेसियाले दिएको ९८ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो ।


नेपालको लागि कप्तान रुविना क्षेत्रीले सर्बाधिक अविजित २९ रन बनाइन् । उनले छक्का प्रहार गरी टिमको जित निश्चित गरेकी थिइन् । रुविनाले २१ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् ।

ओपनरद्वय कविता कुँवर र सीता रानामगरले ३३ रनको सुरुवाती साझेदारी गरेका थिए । सीता २२ बलमा २ चौका र १ छक्कासहित २३ रन बनाएर आउट भएपछि आएकी कविताले विन्दु रावलसँग मिलेर दोस्रो विकेटका लागि ३० रनको साझेदारी गरिन् ।

विन्दु १८ बलमा १७ रन बनाएर आउट भइन् । तेस्रो विकेटका रुपमा कविता २६ रन बनाएर आउट भइन् । सम्झना खड्का २ रनमा अविजित रहिन् ।

बलिङमा मलेसियाका एइसा इलिसा, निक नुर अटिएला र विनीफ्राइडले १-१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर ९७ रनको योगफल बनाएको थियो । सुरुवात राम्रो गरे पनि मलेसियाका ब्याटरहरुलाई नेपाली बलरहरुले रोकेका थिए ।

मलेसियाका ओभरन विनीफ्राइड दुराइसिंगम र वान जुलियाले ३१ रनको सुरुवाती साझेदारी गरेका थिए । विनीफ्राइड २० रन बनाएर आउट भएपछि आएकी मास इलिसासँग मिलेर जुलियाले दोस्रो विकेटका लागि ३७ रनको साझेदारी गरिन् ।

जुलियाले २० र इलिसाले २८ रन बनाए । त्यसपछिका ब्याटरहरुले राम्रो प्रदर्शन गर्न सकेनन् । अइन्ना हमिजाले १४ रन जोडिन् ।

बलिङमा नेपालकी कप्तान रुविना क्षेत्रीले २ विकेट लिइन् । उनले ४ ओभरमा १६ रनमात्र खर्चिन् । कविता कुँवर र इन्दू बर्माले एक/एक विकेट लिए । दुईबीचको तेस्रो खेल बिहीबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ