५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मलेसियालाई २७ रनले हराउँदै नेपाललाई २-१ को अग्रता

१८ जेष्ठ २०८०, बिहीबार ०६:०४

जेठ १८, काठमाडौँ | महिला टीट्वान्टी क्रिकेट शृंखलाको बिहीबार भएको तेस्रो खेलमा नेपालले सफलता हात पारेको छ । नेपालले घरेलु टोली मलेसियालाई २७ रनले हराएको हो । जितसँगै नेपालले पाँच खेलको शृंखलामा २—१ को अग्रता पनि हासिल गरेको छ । पाँच खेलको क्रिकेट शृंखला खेल्न नेपाली टोली हाल मलेसिया भ्रमणमा छ । तेस्रो खेलमा टस हारी ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय १० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मलेसियाले भने निर्धारित ओभरमा ४ विकेट गुमाएर ८३ रनमात्र बनाउन सक्यो ।

पहिलो ब्याटिङ गरेको नेपालका लागि नेपालका लागि कप्तान रुविना क्षेत्री बेल्वासीले सर्वाधिक २७ रन बनाइन् । पाँचौं नम्बरमा क्रिज समाल्न आएकी रुविनाले आक्रामक ब्याटिङ गर्दै १५ बलमा एक छक्का र तीन चौका प्रहार गरिन् । उनी रनआउट भई पेभेलियन फर्किएकी थिइन् । ज्योति पाण्डेले पनि टोलीका लागि २३ रनको योगदान गरिन् । उनले २४ बलको सामना गरी तीन चौका हिर्काएकी थिइन् । ओपनर सीता रानामगरले ३५ बलको सामना गरी २१ रन जोडिन् । ईन्दू बर्माले ३० बलमा २० रन बनाइन् ।

ओपनर कविता कुँवर दुई रनमा पेभेलियन फर्किइन् । बिन्दू रावलले अविजित तीन र कविता जोशीले अविजित एक रन जोडे । नेपालले अतिरिक्त रुपमा पनि १३ रन पाएको थियो । मलेसियाकी बलर निक नुर अतिएलाले दुई तथा आइसा एलिसा र विनिफ्रेड एनले एक÷एक विकेट हात पारे । जवाफी ब्याटिङ गरेको मलेसियाका लागि माहिराह इजाती ईस्माइलले उत्कृष्ट ब्याटिङ गरिन् । चौथो नम्बरमा क्रिज समाल्न आएकी उनले अविजित ४४ रन बनाइन् । उनले ५४ बलको सामना गरी ६ वटा चौका प्रहार गरिन् ।

यसदेखि वाहेक ओपनर विनिफ्रेड एनले मात्र मलेसियाका लागि दोहोरो सख्यामा रन बनाउन सकिन् । उनी २० रन बनाउँदै पेभेलियन फर्किएकी थिइन् । उनले ३८ बलको सामना गरी एक चौका प्रहार गरेकी थिइन् । मलेसियाका अन्य खेलाडीले दोहोरो सँख्यामा रन बनाउन सकेनन् । आइना नजवा अब्दुल रहमान नौ रनमा अविजित रहिन् । नेपाली टोलीका बलर कविता कुँवर, सीता रानामगर र इन्दू बर्माले एक/एक विकेट लिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता