२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

करिम बेन्जिमाले छाडे रियल मड्रिड

२०८०, २१ जेष्ठ आईतवार ११:५२

जेठ २१, काठमाडौँ |  फ्रेञ्च स्ट्राइकर करिम बेन्जिमाले स्पेनिस क्लब रियल मड्रिड छाडेका छन् । रियल मड्रिडले एक विज्ञप्ति निकालेर दुवै पक्षले आपसी सहमतिमा १४ वर्ष लामो सहकार्य तोड्ने निर्णय गरेको जनाएको छ ।

२१ वर्षको उमेरमा सन् २००९ मा रियल आएका  उनले  सिजनसकिए लगत्तै फ्री ट्रान्सफरमा क्लब छाड्ने छन् ।


स्पेन छाडेर उनी साउदी अरब जान लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमको दाबी छ ।  उनले साउदी क्लब अल इत्तेहादबाट कीर्तिमानी रकमको प्रस्ताव पाएका छन् ।

एउटा साउदी टेलिभिजनले त उनले अल इत्तेहादसँग बेन्जिमाले २ वर्षको सम्झौता गरिसकेको दाबी गरेको छ ।

बेन्जिमाले खेलेको समयमा रियलले २५ वटा उपाधि जितेका छ । च्याम्पियन्स लिग र क्लब वर्ल्डकप ५–५ पटक, स्पेनिस सुपर कप र युरोपियन सुपर कप ४–४ पटक, ३ पटक कोपाज डेल रे उपाधि उनले उचालेका छन् ।

बालोन डिओर विजेता र युईएफए प्लेयर अफ द इअरसमेत रहेका उनले रियलका लागि खेलेका ६४७ खलमा ३५३ गोल गरेका छन् ।

उनी रियलका लागि सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी हुन् । उनी भन्दा अघि रहेका क्रिस्टियानो रोनाल्डोले रियलका लागि ४३८ खेलमा ४५० गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ