दक्षिण अफ्रिका जान अमेरिकाबाट गरेको प्रोसेस क्यान्सिल भएपछि भारत आए मन्टी देशाई

Posted on: 05 Jun, 2023

जेठ २२, काठमाडौँ | विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपाली टोलीसँग ’जोइन’ हु्न अमेरिकाबाट गरेको प्रोसेस रद्ध भएपछि प्रशिक्षक मन्टि देशाई भारत आईपुगेका छन् ।

नेपाल क्रिकेट संघ-क्यानका अध्यक्ष चतुरबहादुर चन्दले देशाईले भारत आएर प्रोसेस गरिरहेको जानकारी दिए ।

‘देसाई परिवार भेट्न अमेरिका गएका थिए । त्यहीँबाट भिसाका लागि अप्लाई गरेपनि क्यान्सिल भएपछि उनी भारत आएर फेरि अप्लाई गरेको जानकारी प्राप्त भएको छ । आज र भोलिसम्म उनको भिषा आउला’, क्यान अध्यक्ष चन्दले भने ।

यसअघि देशाई आइतबार नै दक्षिण अफ्रिका पुगिसक्ने तालिका थियो । नेपालले जुन १८ तारिखबाट जिम्बावेमा विश्वकप छनोट खेल्दै छ । त्यसअघि दक्षिण अफ्रिकामा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ । नेपाली टोलीमा सामेल हुन स्टार खेलाडी सन्दिप लामिछाने आज राति प्रस्थान गर्दैछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!