५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

डेब्यू सिजनमै ए डिभिजन लिगको च्याम्पियन बन्यो चर्च ब्वाइज

२३ जेष्ठ २०८०, मंगलवार ११:५०

जेठ २३, काठमाडौं | थ्री स्टार क्लबसँग मंगलबार दशरथ रंगशालामा गोलरहित बराबरी खेलेपनि नवप्रवेशी चर्च व्वाइज यूनाइटेड क्लब सहिद स्मारक ए डिभिजन लिग २०७९/८० को च्याम्पियन बनेको छ ।

शीर्ष डिभिजनमा बढुवा भएको पहिलो सिजनमै लिग च्याम्पियन हुने चर्च ब्वाइज दोस्रो क्लब हो । यसअघि, २०४३ सालमा मनाङ मर्स्याङदी क्लबले उपाधि जितेको थियो ।

मनाङ २०४० सालदेखि लगातार डी, सी र बी डिभिजन हुँदै २०४३ सालमा ए डिभिजन च्याम्पियन बनेको थियो । मनाङको सोहि कीर्तिमान बराबरी गर्दै चर्चब्वाइज ए डिभिजन च्याम्पियन बन्यो । चर्च ब्वाइज ए डिभिजन लिग जित्ने १६औं क्लब बन्यो ।

जारी लिगको अर्को दाबेदार साविक विजेता मछिन्द्र फुटबल क्लब २४औं चरणमा नेपाल पुलिस क्लबसँग २-१ गोलको नतिजामा पराजित भएसँगै चर्चब्वाइज उपाधि संघारमा पुगेको थियो । चर्च ब्वाइजलाई उपाधि जित्न अन्तिम दुई खेलमा एक अंक आवश्यक थियो ।

च्याम्पियन चर्चब्वइजको २५ खेलमा ४५ अंक छ । जुन दोस्रो स्थानको मछिन्द्रभन्दा ६ अंक बढी हो । मछिन्द्रले जारि लिगमा २ खेल खेल्न बाँकी छ । दुवै खेलमा जित निकाले र अन्तिम खेलमा चर्चब्वाइज हारे मछिन्द्र र चर्चब्वाइजको अंक बराबरी हुनेछ । तर, हेड टु हेडका आधारमा चर्चव्वाइजनै च्याम्पियन हुनेछ ।

२०६६ सालमा स्थापना भएको चर्चब्वाइज ७७ सालमा सी डिभिजन छनोटको च्याम्पियन बनेको थियो । त्यसपछि २०७८ मा सी डिभिजनको च्याम्पियन हुँदै बी मा बढुवा भएको चर्चब्वाइजले ७९ सालमा बी डिभिजन च्याम्पियन हुँदै शीर्ष डिभिजनमा छनोट भएको थियो । र, २०८० मा ए डिभिजन लिगको नयाँ च्याम्पियन बन्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता